टीकापुरमा डल्फिन संरक्षण अभियान शुरु
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १६:१९:३०
१२ वैशाख,टीकापुर । कैलालीका नदीमा पाइने एकमात्र स्तनधारी जलचर प्राणी डल्फिन संरक्षणका लागि स्थानीयस्तरबाट थुप्रै प्रयास भएका छन् । वर्षायाममा कैलालीका मोहना, पथरिया र काढानदीमा देखिने डल्फिन संरक्षणका लागि स्थानीय युवाले विभिन्न प्रयास गरेका छन् । युवाको प्रयासमा स्थानीय र प्रदेश सरकार पनि सहयोगीका रूपमा जोडिएका छन् ।
डल्फिन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कैलालीको भजनी र टीकापुरका युवाले त्रिवेणीधाम धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने अभियानसमेत शुरु गरेका छन् । डल्फिन संरक्षणमा लागेका युवाले टीकापुर नगरपालिका–७ ढुङ्गानाटोल, वैदी, कुन्तिपुर र भजनी नगरपालिका–३ दैलेखटोल, नयाँ बस्ती, बर्दवा र वडा नं ८ सोनाफाँटा, खल्लाटोल र काढाढिकको मोहना, पथरिया र काढानदीका डल्फिन क्षेत्रको त्रिवेणीधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन अभियान शुरु गरेको संरक्षणकर्मी बताउँछन् ।
यहाँ डल्फिन पाइने मात्र नभई टीकापुर–७ सत्तीमा रहेका पदमप्रकाशेश्वर महादेव मन्दिर, सत्ती कर्णाली सामुदायिक वन, ओजुवाताल, टीकापुर उद्यान, विपी निकुञ्जलगायतका स्थान पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेका छन् । “भजनी नगरपालिकामा रहेका छोड्नैया ताल, लौकाभौका ताल, वसन्ता जैविकमार्ग, माशक्ति स्वरुपा मन्दिर, राजी, थारू, कठरिया समुदायका विभिन्न संस्कृति यहाँका पहिचानका चिनारी हुन्”, स्थानीय संरक्षणकर्मी तथा डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गाना भन्छन्, “डल्फिन क्षेत्र तथा त्रिवेणीधामले कैलालीको चिसापानी क्षेत्र, मूलपानी क्षेत्र, बर्दगोरिया मन्दिर, घोडाघोडी तालजस्ता पर्यटकीय क्षेत्रको अवलोकन गर्नका लागि मध्यक्षेत्रको रूप लिनसक्छ । त्यसैले यहाँको विकासमा तीनवटै सरकारको ध्यान जानुपर्ने आवश्यकता छ ।”
पर्यटक आर्कषणका लागि यहाँ डल्फिन अवलोकन गर्न दृश्यावलोकन स्तम्भ ९भ्यूटावर० र त्रिवेणीधाम क्षेत्र विकासका लागि राधाकृष्ण मन्दिर निर्माण, दुर्गा मन्दिर, रामजानकी मन्दिर, कालिका माता थान र महुन्याल थान निर्माण भएका छन् । हनुमान मन्दिर, जलेश्वर शिवालय, जलेश्वर गणेश मन्दिर, लक्ष्मीनारायण मन्दिर, सूर्यनारायण, कालभैरव, सरस्वती मन्दिर शिलान्यास भएर निर्माणाधीन अवस्थामा छन् ।
यहाँ पर्यटकीय धार्मिक विकासको राम्रो सम्भावना रहेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका महासचिव जयप्रसाद ढुङ्गानाले बताए । “यहाँ नेपाल सरकारको लगानीमा हुलाकी सडक निर्माण भइरहेको छ । हुलाकी–बैदी ढुङ्गानाटोलसम्म सडक कालोपत्र योजनाअन्र्तगत २५० मिटर सडक कालोपत्र, रानीजमरा कुलरिया सिँचाइ आयोजनाले डल्फिनमैत्री तटबन्ध निर्माण, भजनी नगरपालिकाले डिपिआर तयार गरी काम गरिरहेको छ”, महासचिव ढुङ्गाना भन्छन्, “भजनी–८ मा सुदूरपश्चिम प्रदेश सरकारले डल्फिन पर्यटकीय भौतिक पूर्वाधार कार्यक्रम, टीकापुर–७ कुन्तिपुरमा डल्फिन संरक्षण तथा शौचालय निर्माण, घेराबार र ¥याफ्ट बोट वितरण कार्यक्रम, भजनी नगरपालिका र प्रदेश सरकारले भ्यूटावर निर्माण, वडा नं ८ वडा कार्यलयले डल्फिन पथमार्ग निर्माण गरिदिएका छन् ।”
टीकापुर–७, रानीजमरा कुलरिया सिँचाइ आयोजना, सेक्टर वन कार्यालय भजनी टीकापुरको सहयोग र डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीको पहलमा कालाकुण्डा सामुदायिक वनमा वृक्षरोपण गरी नदी तटीय क्षेत्र हराभरा बनाउने कार्यसमेत भएको उनको भनाइ छ । डल्फिन संरक्षण र प्रचारका लागि थुप्रै प्रयास भएका छन् । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले टीकापुर–७ ढुङ्गानाटोल बैदीमा डल्फिन सूचना केन्द्र स्थापना, डल्फिन संरक्षण अक्षयकोष स्थापना, पूर्वपर्यटनमन्त्री स्व रवीन्द्र अधिकारी स्मृति बाटिका निर्माण प्रक्रिया, भजनी–८ मा डल्फिन सङ्ग्रहालय, डल्फिन पुस्तकालय स्थापना र वडा नं ३ मा दैलेखीटोल डल्फिन स्तम्भ निर्माण गर्ने निर्णय गरिएको छ ।
युवाहरुको सक्रियतामा डल्फिन संरक्षण क्षेत्रमा पटकपटक बृहत् नदी सरसफाइ अभियान शुरु, पर्यटन प्रर्वद्धनका प्रचारप्रसार अभियान, संरक्षण क्षेत्र घोषणाजस्ता कार्यसञ्चालन भइरहेका छन् । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल र त्रिवेणीधाम धार्मिक तथा पर्यटकीय क्षेत्र विकास समिति कैलालीको संयुक्त प्रयासमा पथरिया, काढानदीमा त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणका लागि पहल शुरु भएको स्थानीयवासी छविराम चौधरीले बताए । “भजनी–८ खल्लाटोल र टीकापुर–७ ढुङ्गानाटोलको पथरिया नदीमा झुलुङ्गे पुल निर्माण, डल्फिन पथमार्ग निर्माण, त्रिवेणी डल्फिन वाटरपार्क निर्माण, जलयात्राका लागि ¥याफ्टिङ सेवा शुरु गर्न पहल गरिरहेका छौँ”, चौधरीले भने, “जेष्ठ नागरिक मिलन केन्द्र निर्माणका लागि पहल गर्ने निर्णय गरी अभियान शुरु गरेका छौँ । यसमा स्थानीय सरकारलाई साथमा लिएर अघि बढ्नेछौँ ।”
टीकापुर–७ का वडाध्यक्ष रामलाल डगौरा थारूले डल्फिन संरक्षण मात्र होइन, यहाँको पर्यटकीय विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । “हामीले बजेटअनुसार सक्दो प्रयास गरेका छौँ । वर्षात्मा देखिने डल्फिन हेर्न विदेशी नागरिकसमेत आउने गरेका छन् । उनीहरुले डल्फिन क्षेत्रमा अन्य सुविधा पाउने वातावरण बनाउन प्रयासरत छौँ”, वडाध्यक्ष चौधरीले भने, “विश्वमै दुर्लभ मानिएको जलचर प्राणी यहाँ पाइने भएकाले डल्फिन संरक्षणका लागि सरकारले योजना बनाएर काम गर्न आवश्यक छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
एचआईभी संक्रमितलाई मासिक भत्ता वितरण
बैशाख ३०, २०८१ आइतबार
जलवायु परिवर्तन र मानवीय गतिविधिले माछाका प्रजाति लोप हुँदै
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार