एमालेमा थप सांसदलाई कारबाही हुँदै
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १७:३७:३४
१२ बैशाख, काठमाडौं । दुई दिनअघि मात्रै बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक आज विहान एक्कासी बोलाइएपछि ठूलै निर्णय गर्न लागिएको अनुमान धेरैले गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले आज बिहान बैठक बोलाएपनि अजेण्डा भने बताइएको छैन । त्यसैले आयोजक समितिमा रुपान्तरित केन्द्रीय कमिटी सदस्यहरु ओलीको सरकारी निवास बालुवाटार पुगेका छन् । बैठक जारी छ ।
बैठकमा के विषय उठाइयो भन्नेबारे अहिल्यै सार्वजनिक भइसकेको छैन । तर असन्तुष्ट पक्षमा नेताहरुलाई कारबाही प्रकृया अघि बढाउन खोजिएको बुझिएको छ । स्रोतका अनुसार, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ल्याउने तयारी गरेको सरकारविरुद्धको अविश्वास प्रस्तावलाई बल पुग्ने गरी असन्तुष्ट पक्षले भड्काएकोले थप सांसद्हरुलाई निलम्बन गर्ने तयारी छ । आजको बैठकले त्यही नै काम गर्ने गर्ने हो ।
असन्तुष्ट पक्षका नेताहरु माधवकुमार नेपाललगायतले सर्वाेच्चको फैसला विपरित ओली चलेको भन्दै अर्काे रिट दायर गरेका छन् । उक्त रिट उपर आजै वहस पैरवी हुँदैछ । न्यायधीश प्रकाशकुमार ढुँगानाको इजलाशमा पेशी चढेको छ । तर अग्राधिकार नपाएकाले आजै पालो नआउन सक्ने अवस्था छ ।
कदाचित पालो आयो भने अन्तरिम आदेश जारी हुन सक्ने कानूनविद्वको भनाई रहेको छ । किनभने ओलीको विरोध गरेकै भरमा कसैलाई संसद् सदस्यबाट हटाउन सक्ने कानूनी वा संवैधानिक अवस्था छैन । त्यसको भनक ओलीले पाइसकेका छन् । त्यसैले अदालतको फैसला आउन अघि नै उनी कारबाही गर्न हतारिएको स्रोतको भनाई छ ।
ओलीले सोधेको स्पष्टीकरणको अधिकांशले जवाफ दिइसकेका छन् । केहीले भने अझै बुझाएका छैनन् । अझैपनि जवाफ नबुझाउनेहरुलाई समेत के गर्ने भनेर आजै टुंगो लगाउने पक्षमा ओली रहेका छन् । संभवतः आजै बस्ने मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण तीब्र भएका सहरी क्षेत्रमा बन्दाबन्दी घोषणा गर्ने संभावना औंल्याइएको छ । त्यसैले पनि आफू पक्षीय नेताहरुलाई सामुहिक रुपमै राखेर निर्देशन दिने उद्येश्यले पनि आजको बैठक डाकिएको हुनसक्ने स्रोतको भनाई रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार