माधव पक्षका सांसदलाई तत्कालै कारबाही नगरिने
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १९:१७:८
१२ बैशाख, काठमाडाैं । कदाचित आज सर्वाेच्च अदालतमा परेको एउटा रिटको सुनुवाई अगाडि परेको थियो भने नेकपा एमालेले माधवकुमार नेपाल पक्षका केही सांसद्हरुलाई निलम्बन गर्ने थियो ।
गएको विहिबार माधवकुमार नेपाललगायत एमालेका नेताहरुले सर्वाेच्च अदालतमा आफूहरुमाथि पूर्वाग्रह साँधेर कारबाही गर्न लागिएको भन्दै सर्वाेच्चको फागुन २३ को फैसला कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी ओली अनिच्छुक भएको भन्दै रोक्न रिट दायर गरेको थियो ।
सर्वाेच्चले आजका लागि सुनुवाई गर्ने गरी पेशी तोकेको थियो । उक्त रिटको सुनुवाई गर्न न्यायधीश प्रकाशकुमार ढुँगानाको इजलाशसमेत तोकिएको थियो । तर निवेदनले अग्राधिकार भने पाएन । ३० औं नम्बरमा पालो प¥यो ।
उता, आजै फैसला आउन सक्ने र प्रतिकूल हुन सक्ने सम्भावना देखेपछि अध्यक्ष ओलीले बिहान अकस्मात केन्द्रीय कमिटीको मिटिङ डाके । उक्त मिटिङले नेपाल पक्षका केही उग्र सांसद्हरुलाई निलम्बन गर्ने तयारी गरेको थियो । त्यसको तयारी भइसकेको थियो ।
आजै भेला भएका ओली पक्षीय नेताहरुको स्थायी कमिटी बैठकले आजै सर्वाेच्चले अन्तरिम आदेश दिने अवस्था नभएकाले अर्काे पेशी नभइञ्जेल कारबाही प्रकृया स्थगन गर्न प्रस्ताव ग¥यो । सोही ब्मोजिम आजको केन्द्रीय कमिटीले उचित समयमा उचित कारबाही गर्ने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने– उचित समयमा आवश्यक कारबाही गरिने छ । अबका दिन नेताहरु कसरी प्रस्तुत हुनुहुन्छ त्यो हेरेर मात्रै थप निर्णय गरिने छ । साथै, आजको बैठकले कोरोना संक्रमण रोकथामका लागि पार्टी कमिटी परिचालन गर्ने निर्णय गरेको जानकारी प्रवक्ता ज्ञवालीले दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार