खोप लिएकाबाट कोरोना सर्ने जोखिम कायमै
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार १६:१७:३४
१३ बैशाख, काठमाडौं । कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएकाबाट कोरोना सर्ने जोखिम कायमै रहेको छ । परिवार कल्याण महाशाखा तथा विज्ञका अनुसार यी खोपको डोज लिएकाबाट अरुलाई संक्रमण हुने सम्भावना उच्च रहेको छ ।
नेपालमा हालसम्म करिब २० लाखजनाले कोरोनाविरुद्धको पहिलो डोजको मात्रा लिइसकेका छन् भने ४ लाख ३८ हजार जनाले दोस्रो मात्रा पनि लिइसकेका छन् । यो हिसाबले कुल जनसंख्याको ७ प्रतिशतले खोप लिएका छन् ।
खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमण हुने र उनीहरूबाट अरूलाई सर्ने भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्न विज्ञले आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस नयाँ रोग भएको र नयाँ रोगको खोप भएकाले यसको प्रभावकारिता अवधि हेर्न बाँकी छ। खोप उत्पादनकर्ताका अनुसार कुनै पनि खोपको रोगसित लड्ने प्रतिरक्षा क्षमता सय प्रतिशत नहुने भएकाले खोप लिएपछि पनि जोखिम कायमै रहने बताइएको छ ।
संक्रमणको जोखिम कायमै रहेकाले खोप लिएका व्यक्तिहरूले पटकपटक साबुनपानीले हात धुने, दुई मिटर भौतिक दूरी कायम राख्ने, सेनिटाइजरको प्रयोग गर्ने र भीडमा नजानेजस्ता मापदण्ड पालना गर्नुपर्नेछ। दोस्रो यो खोपले कति अवधिका लागि शरीरमा एन्टीबडी बनाइरहन्छ भन्ने विषय अध्ययनकै क्रममा रहेकाले पनि खोप लिएका व्यक्तिले मादपण्ड पालना गर्नुपर्छ।
विज्ञका अनुसार खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमण हुन्छ। खोप लिएकाहरूमा संक्रमण भए पनि गम्भीर बनाउने र अस्पताल भर्ना हुनेसम्मको समस्या हुँदैन। तर यस्ता व्यक्तिमा कोरोना भाइरस संक्रमण भए परिवारका अन्य सदस्य तथा समूहमा सार्ने भएकाले पनि अहिलेको अवस्थामा झनै सुरक्षित रहनुपर्ने आवश्यक छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार