आइतबार , जेठ २, २०७८

वर्ल्डलिंककाे प्रायोजनमा रहेको फुटबल अब घरमा नै बसेर हेर्न पाइने

वर्ल्डलिंककाे प्रायोजनमा रहेको फुटबल अब घरमा नै बसेर हेर्न पाइने

१३ वैशाख, काठमाडाैं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड “खुकुरी नेपाल सुपर लिग २०२१” को प्रत्यक्ष प्रसारणमा जोडिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक  कम्युनिकेशन्सद्धारा संचालित सुपर लिग एपीवान टीभी च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेकोछ ।

एपीवानले खुकुरी नेपाल सुपर लिगका म्याचहरू २१ दिनसम्म प्रत्यक्ष प्रसारण गर्नेछ । लिगमा ७ वटा प्रदेशका ७ वटै टिमहरुबीच २५ वटा म्याचहरु खेलिनेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका निर्देशक मनोज अग्रवालका अनुसारः– “फुटबल नेपालको एउटा लोकप्रिय खेल हो । एपीवान टेलिभिजन मार्फत प्रसारण हुने यो उत्साहजनक फुटबल लिगमा जोडिन पाउँदा हामी निकै खुशी भएका छौं । यो टुर्नामेन्टले नेपालका उदायीमान युवा फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिनेछ । जसलाई लाखौं दर्शकहरूले हेर्नेछन् । वल्र्डलिंक सधैं आफ्ना प्रिय ग्राहक महानुभावहरूको जीवनलाई उल्लासमय बनाउने मौकाको खोजीमा हुन्छ । नेपाली जनतालाई उत्साहित बनाउन र मनोरञ्जन दिन यो टुर्नामेन्ट पनि त्यस्तै एउटा भव्य अवसर भएको छ ।”

खुकुरी नेपाल सुपर लिग २०२१ नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग हो । टुर्नामेन्ट दशरथ रंगशालामा आयोजित हुने भए पनि कोभीडका कारण दर्शकहरू खेलमैदानमा हुनेछैनन् । कोरोना महामारीको वेला एपी वान टेलिभिजनले दर्शकहरूमाझ फुटबल खेलको मनोरञ्जन घरघरमै दिइरहेकोमा वर्ल्डलिंक कम्युनिकेशन्सले खुशी व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सांग्रिला डेभलपमेन्ट बैंकले पायाे ऋणपत्र निष्काशनकाे अनुमति सांग्रिला डेभलपमेन्ट बैंकले पायाे ऋणपत्र निष्काशनकाे अनुमति ८ घण्टा पहिले
गायक प्रताप दासको स्वरमा रहेको माया सार्वजनिक गायक प्रताप दासको स्वरमा रहेको माया सार्वजनिक ९ घण्टा पहिले
सांग्रिला डेभलपमेन्ट बैंक कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान सांग्रिला डेभलपमेन्ट बैंक कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान ८ घण्टा पहिले
निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? ८ घण्टा पहिले
तपाईको आजको राशीफल कस्तो छ ? तपाईको आजको राशीफल कस्तो छ ? १८ घण्टा पहिले
सुदूरपश्चिममा आगामी दशैँसम्म खान पुग्ने नून छ ! सुदूरपश्चिममा आगामी दशैँसम्म खान पुग्ने नून छ ! ५ घण्टा पहिले
सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने १७ घण्टा पहिले
मध्य भोटेकोशी जलविद्युतको आईपिओ आवेदन आइएमई पे बाट मध्य भोटेकोशी जलविद्युतको आईपिओ आवेदन आइएमई पे बाट ८ घण्टा पहिले