रसुवाबाट राहदानी लिनेको सङ्ख्या क्रमिकरूपले वृद्वि
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १६:४७:४
१४ वैशाख, रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाबाट राहदानी लिनेको सङ्ख्या क्रमिकरूपले वृद्वि हुँदै गएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाका अनुसार गत वर्ष वैशाखदेखि चैत मसान्तसम्म राहदानी लिने रसुवालीको सङ्ख्या एक हजार ४६१ पुगेको छ ।
राहदानी प्रदानअन्तर्गत सेवाग्राहीको मागअनुसार ६६५ जनालाई कार्यालयबाट वितरण गरिएको र ७६१ वटा प्रदानका लागि परराष्ट्र मन्त्रालयमा सिफारिश गरिएको बताइएको छ । नागरिकता वितरण भने एक वर्षको दौरानमा ८२१ वितरण भएको सहायक प्रजिअ थापाले जानकारी दिए ।
सम्बन्धविच्छेदका मुद्दा बढे
न्यायका लागि दायर भएका अधिकांश मुद्दामध्ये पछिल्लो समय सम्बन्धविच्छेद बढ्न थालेको छ । चालु अर्थिक वर्षमा दायर भएका ४१ मध्ये ३६ मुद्दा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदसम्बन्धी रहेको रसुवा जिल्ला अदालतले जनाएको छ ।
अदालका स्रेस्तेदार मुना अधिकारी ढकालका अनुसार गत वर्षबाट सरी आएका ३० एवं चालु आवमा पर्न आएको ४१ समेत ७१ मुद्दा विचाराधीन रहेका थिए । विचाराधीन फौजदारीमा ३२ एवं देवानी ३९ वटा मुद्दामध्ये केही फैसला भइसकेका र केही प्रक्रियागतरूपमा रहेका छन् ।
यस्तै अदालतको कार्य छिटोछरितो सम्पादन गर्न वैतनिक अधिवक्ता, बालमनोविज्ञ, मेलमिलापकर्ताको व्यवस्थापन एवं बाल इजलाससमेत स्थापना गरिएको छ । जिल्ला अदालतमार्फत गाउँ–गाउँमा पिरमर्का बुझ्ने र न्यायसम्बन्धी जनचेतनाको जागरण, न्यायिक संवाद कार्यक्रमअन्तर्गत गाउँटोलमा न्यायाधीशसँग भेटघाट कुराकानीसमेतका कार्यक्रम अगाडि बढिरहेको स्रेस्तेदार ढकालले बताए ।
जिल्ला न्यायाधीशले गाउँटोलमा जनतासँग भेटघाट गर्दा न्यायसम्बन्धी गुनासो गर्न पाइने तर अदालतले गरेका काम कारवाहीका बारेमा टीकाटिप्पणी भने गर्न नपाइने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार