आज माओवादी बैठक बस्दै
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १८:८:१७
१४ बैशाख, काठमाडौं । सत्ता राजनीतिले गतिलिने अवस्था निर्माण भएपछि नेकपा माओवादी केन्द्रले पनि स्थगित अवस्थामा रहेको स्थायी कमिटीको बैठक आजका लागि बोलाएको छ । केपी ओली सरकारलाई दिइरहेको समर्थन फिर्ता लिन दबाव परिरहेका बेला माओवादीले गएको हप्ता नै बैठक राखी यसबारे आवश्यक निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अधिकार दिने निर्णय गरेको थियो । तर सत्ताको गाँठो फुकाउने हैसियतमा रहेको जनता समाजवादी पार्टीको अनिर्णयका कारण बैठक स्थगित भएको थियो ।
अब भने जसपाले समर्थन गरेपनि नगरेपनि अविश्वास प्रस्ताव अगाडि बढाउन कांग्रेस तयार भएकाले माओवादीले पनि सरकारविरुद्धको समर्थन औपचारिक रुपमै फिर्ता लिन लागको हो । बैठक आज अपरान्ह ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् । यद्यपि उनले बैठकको अजेण्डाबारे प्रष्ट गर्न चाहेनन् । उनले भने – आवश्यकता अनुसार सबै विषयमा छलफल र निर्णय हुने छ ।
स्रोत भन्छ– जसपाले सहयोग गर्ने निर्णय ग¥यो भने आजै साँझसम्म सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन सक्छ । जसपाले आफ्नो कार्यकारिणी बैठक डाक्ने तयारी गरिरहेको छ । माओवादीले संगठनात्मक संरचनाका बारेमा पनि आजै निर्णय लिन सक्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार