छुइगोठमुक्त अभियानमा जुटे स्थानीय महिला
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार २०:३८:३४
१४ वैशाख, खलङ्गा । जुम्लाको तिला गाउँपालिका–१ का स्थानीयबासी महिला छुइगोठमुक्त अभियानमा जुटेका छन् । सामाजिक कुरीतिका रुपमा रहेको छुई (छाउपडी प्रथा) अन्त्य गर्न उनीहरुले सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् ।
आमा समूहका सचिव माने रावतले भने, “अहिले पनि छुई हुँदा महिलाले गाइबस्तुसँग बस्नुपर्ने बाध्यता छ । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ ।यस्तो अवस्थालाई अन्त्य गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरेका छौ । ”अभियान अन्तर्गत छुई भएका समयमा घरको एक कोठामा राख्न परिवारलाई आग्रह गरिने, पोषिला खानेकुराको आवश्यकताका बारेमा जानकारी बताइने छन् ।
अझै छुई हुँदा तीनदेखि सात दिनसम्म गोठमा बस्ने चलन छ । घरमा बस्दा देउता लाग्ने, चोटपटक लाग्ने, अशिनष्ट हुनेजस्ता भ्रम छ । उनले भने, “छुई एक नियमित प्रक्रिया हो । फल लाग्नको लागि फुलेको फूलजस्तै हो । महिलालाई अपहेलना गर्न गरिएको कुरीति हो । ”
तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले छुई प्रथा उन्मूलनका लागि महाअभियान थालिएको थियो । अभियान नसकिँदै उनको सरुवा भएको थियो । अहिले गाउँमा महिलाले नेतृत्व लिन थालेका छन्। गाउँमा समूह गठन गर्ने र हरेक महिनाको एक दिन छुइ गोठमुक्त अभियानका बारेमा छलफल हुने गरेको छ। कहिले स्थानीय अगुवासँग भेट्ने, कहिले धामीझाँक्री त कहिले पुरुषसँगको छलफललाई घनिभुत बनाउँदै लगेको स्थानीयवासि गोइली बुढाले बताए । उनले भने ,“ सुरक्षाको लागि भएपनि छुइगोठ भत्काएर घरमा बस्नु पर्ने बेला आइपुगेको छ । ” अहिले छुइगोठमुक्त अभियान नै सञ्चालन भएपछि अधिकांश महिला घरभित्रको एक कोठामै बस्नथालेको उनले जानकारी दिए ।
छुइगोठमुक्त अभियानमा महिलाको सक्रिया प्रशंसनीय रहेको महिला नेतृ नारायणी चौलागाइँले बताए । उनले भने ,“ छुइ प्रथा अभिशाप हो । समाजमा विकृतिका रुपमा जरा गाडेको छ । पछिल्लो समयमा जरा उखेल्नको लागि महिला नै सक्रिय बनेका छन् । छुइ भएको समयमा गोठमा बस्दा रोगकिराको सङ्क्रमण हुने खतरा छ । ”
मानिसबाट पनि डराउनुपर्ने अवस्था रहेको महिला नेतृ चौलागाइँले बताए । उनले भने, “गाउँमा छुई मुक्त गोठ निर्माणका लागि स्थानीय महिलासँग बैठक भइरहेका छन् । विकृति हटाउनको लागि कम्मर कसेर लागेका छन् ।” तिला गाउँपालिका–१ देखि ९सम्म मासिक बैठक भइरहेको छ । गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढाले भने, “परम्परादेखि चलिआएको छुइ प्रथा सबै मिलेर हटाउनुपर्ने समय आएको छ । धामिझाँक्री, सासु ससुरा, पुरुष, किशोर किशोरीसँग छलफल भएको छ । पहिले बस्ती, टोल, वडा हुँदै गाउँपालिका छुइगोठ मुक्त वनाउने अभियान शुरु भएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार