शनिबार , जेठ १, २०७८

आजदेखि जुम्लामा पनि विद्यालय बन्द

आजदेखि जुम्लामा पनि विद्यालय बन्द

१५ बैशाख, खलङ्गा । कोराना संक्रमणदर तीव्ररूपमा बढिरहेको बेला जुम्लामा वैशाख १५ ‘आज’देखि विद्यालय बन्द गर्ने निर्णय भएको छ । यहाँ रहेका सरकारी, सामुदायिक, निजी विद्यालय बन्द गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण हुन नदिनका लागि वैशाख १५ देखि विद्यालय बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई बताए ।

तत्कालका लागि कोरोना संक्रमणको उच्च जोखिममा रहेका विद्यालय बन्द गरिने निर्णय गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईले भने, “निर्णयबमोजिम यहाँका सरकारी तथा सामुदायिक विद्यालयमा पत्राचार हुनेछ । बैठकले जिल्ला बाहिरबाट प्रवेश गर्ने मानिसको लगत सङ्कलन गर्ने, जुम्ला–कालिकोटको सिमाना नाग्ममा हेल्प डेस्क स्थापना गर्ने र प्रत्येक वडास्तरमा लगत सङ्कलन गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने निर्णय गरेको हो ।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसैगरी गाउँपालिकाभित्र सङ्कलन भएको लगत जानकारी गराउनका लागि हरेक गाउँपालिकामा सम्पर्क व्यक्ति तोक्नेसमेत निर्णय भएको सहायक प्रजिअ चौलागाईले बताए । “कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले नगरपालिका, गाउँपालिकामा सभा, समारोह, भेला, गोष्ठी गर्दा बढीमा १५ जना जम्मा गर्न पाउन निर्णय गरेको छ । त्यस्ता काममा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने, घटना घटिसकेको अवस्थामा चाहिने सामग्री सहयोगका लागि सरकारी तथा गैरसकारी निकायसँग सहयोग माग्नेसमेत निर्णय भएको छ ।

हरेक गाउँपालिकाले कोभिड–१९ नियन्त्रणसम्बन्धी रणनीतिक योजना बनाउनुपर्ने र तीन दिनपछि बस्ने सङ्कट व्यवस्थापन समितिको बैठकमा पेश गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । पछिल्लो जुम्लामा नौ संक्रमित भेटिएका छन् । अस्पतालमा उपचारमा आएका बिरामीको पिसिआर परीक्षण उनीहरूमा सङ्क्रमण भेटिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय