नेपालमा कोरोना खोप सबैको पहुँचमा हुन आवश्यक
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १६:३५:५२
१५ वैशाख,काठमाडौं । नेपालले कोरोनाविरुद्धको खोप राष्ट्रवाद र जातीयताको वस्तु नबनाउन तथा त्यसलाई सबैले खरिद गर्न सक्ने सबैको सहज पहुँचको सार्वजनिक सामग्री हुनुपर्नेमा जोड दिइएको छ ।
‘सङ्कटको घडीमा क्षेत्रीय सहयोगको माध्यमबाट एशिया–प्रशान्त क्षेत्रमा अझ उन्नत पुनःनिर्माण’ विषयमा थाइल्याण्डको राजधानी बैङ्ककमा जारी एशिया–प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग ९युएन इस्क्याप०को ७७औँ बैठकमा अप्रत्यक्षरूपमा भाग लिँदै नेपालले समग्र मानव जाति सङ्कटमा रहेको वर्तमान अवस्थामा विश्वलाई एउटै समाज ठानेर सबै राष्ट्रहरूबीच सहयोग र साझेदारी अपरिहार्य भएकामा जोड दिइएको हो ।
बैठकमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले कोभिड–१९ को महामारीले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव त्यसबाट व्यापार, पर्यटन र यातायात क्षेत्र सर्वाधिक प्रभावित भएको बताउँदै त्यसलाई फैलिन नदिन नेपाल सरकारले अवलम्बन गरेका उपायहरूबारे जानकारी दिएको बैङ्ककस्थित नेपालको राजदूतावासले आज जनाएको छ ।
उपाध्यक्ष कँडेलले महामारीका कारण अति कम विकसित राष्ट्रहरूको विकासशील देशमा स्तरोन्नत हुने आकाङ्क्षामा तुषारापात गर्ने आशङ्का व्यक्त गर्दै नेपालले आफ्ना नागरिकको जीवनको रक्षा, स्वास्थ्य सेवा प्रणालीको सुदृढीकरणका साथै अर्थतन्त्रको दिगोपना र उत्थानशील पुनःप्राप्तिलाई केन्द्रमा राखेर काम गरिरहेको बताए ।
प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, थाइल्याण्डका लागि नेपाली राजदूत तथा युएन इस्क्यापका लागि स्थायी नेपाली प्रतिनिधि गणेश ढकाल, परराष्ट्र मन्त्रालय र योजना आयोगका वरिष्ठ अधिकारी सहभागी भएको दूतावासले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार
नुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार