मंगलबार , जेठ ४, २०७८

सांग्रीला डेभलपमेन्ट बैंकको अधिकांश सूचकमा उत्साहजनक प्रगति, ५६.६६ प्रतिशतले बढ्यो मुनाफा

सांग्रीला डेभलपमेन्ट बैंकको अधिकांश सूचकमा उत्साहजनक प्रगति, ५६.६६ प्रतिशतले बढ्यो मुनाफा

१५ बैशाख, काठमाडौं । कोभिड १९ को कहरका बीच सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मा  मुनाफातर्फ उत्साहजनक वृद्धि गरेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा मुनाफातर्फ ५६.६६ प्रतिशतको बढोत्तरी गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म सांग्रीलाको खूद नाफा २२ करोड ४४ लाखमा सीमित रहेकोमा सो बढेर यो वर्ष ३५ करोड १६ लाखको उचाईमा पुगेको हो ।

समीक्षा अवधिका लागि सांग्रीलाको वितरणयोग्य मुनाफा २४ करोड २८ लाखभन्दा बढी रहेको छ भने संचालन मुनाफातर्फ पनि बैंकले राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३२ करोड ३१ लाख रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ४७ करोड माथि पुगेको हो ।

कोभिड प्रभावकै बीच पनि बैंकले व्यवसाय विस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ८२ करोड १३ लाख रहेको खूद ब्याज आम्दानी केही बढी यो वर्ष ८४ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले रिटेन अर्निङतर्फ १५३.७३ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १५ करोड ३४ लाखमा सीमित भएकोमा यो वर्ष बढेर ३८ करोड ९४ लाख माथिको उचाई चुमेको छ।

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा परिचालनतर्फ पनि उल्लेख्य प्रगति गरेको देखिएको छ । बैंकले यो अवधिमा ४१ अर्ब ९४ करोड बढी निक्षेप संकलन गरी ३५ अर्ब ६ करोड बढी कर्जा परिचालन गरेको छ ।

अघिल्लो वर्षको यही अवधिमा बैंकले २९ अर्ब २५ करोड निक्षेप संकलन गरी २३ अर्ब ८६ करोड कर्जा परिचालन गरेको थियो । यसरी हेर्दा बैंकले निक्षेप करिब ४३.४० प्रतिशतले र कर्जा करिब ४७ प्रतिशतले बढाएको देखिन्छ ।

खूद नाफा उत्साहजनक ढंगले बढाएको बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा सांग्रीलाको इपीएस ५६.७० प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.८९ प्रतिशत, कस्ट अफ फण्ड ६.२७ प्रतिशत, सीडी रेसियो ७७.५४ प्रतिशत, बेस रेट ८.४६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १३९.९५ रुपैयाँ, पीई अनुपात १३.१८ गुणा, क्यापिटल एडेक्वेसी रेसियो ११.७२ प्रतिशत तथा लिक्वीडीटी रेसियो २५.१० प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

लकडाउन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गर्दै प्रहरी लकडाउन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गर्दै प्रहरी १ घण्टा पहिले
कार्यदलकाे नेतृत्वकर्ता नेता रावलको आँखामा समस्या, बैठक अनिश्चित कार्यदलकाे नेतृत्वकर्ता नेता रावलको आँखामा समस्या, बैठक अनिश्चित २१ घण्टा पहिले
अझ केही सातासम्म कोरोनाको उच्च जोखिम कायमै अझ केही सातासम्म कोरोनाको उच्च जोखिम कायमै १४ घण्टा पहिले
कोरोना संक्रमित पत्रकारलाई घरमै स्वास्थ्य सेवा कोरोना संक्रमित पत्रकारलाई घरमै स्वास्थ्य सेवा १६ घण्टा पहिले
कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने ‘रोबो भ्यान’ बन्दै कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने ‘रोबो भ्यान’ बन्दै १९ घण्टा पहिले
निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७३१७ जनालाई होल्डमा राखी छाडिएको निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७३१७ जनालाई होल्डमा राखी छाडिएको १६ घण्टा पहिले
कृषकको बारीमा लटरम्म पाकेको गोलभेंडा कृषकको बारीमा लटरम्म पाकेको गोलभेंडा २० घण्टा पहिले
जापानमै अड्किएकी डा. आरजु देउवाले दिइन संक्रमितहरुलाई स्वास्थ्यलाभको कामना जापानमै अड्किएकी डा. आरजु देउवाले दिइन संक्रमितहरुलाई स्वास्थ्यलाभको कामना २१ घण्टा पहिले