मंगलबार , जेठ ४, २०७८

लुम्बिनी विकास बैंकको मुनाफा ३.१६ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

लुम्बिनी विकास बैंकको मुनाफा ३.१६ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

१७ बैशाख, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लुम्बिनी विकास बैंकले मुनाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा बैंकको मुनाफा ३.१६ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको यहि अवधिमा ४३ करोड ७६ लाख रुपैयाँ मुनाफा गरेको बैंकको मुनाफा ४२ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको ब्याज आम्दानी र सञ्चालन मुनाफा संकुचन हुदाँ नाफा प्रभावित भएको हो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस अवधिमा बैंकले ३३ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यसबाट बैंकले ८४ करोड ७५ लाख रुपैयाँ ब्याज आर्जन गरेको छ।

चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। यस्तै बैंकको वितरणयोग्य मुनाफा ३३ करोड १९ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४४ पैसा, प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात १४.६६ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय