भूकम्पपीडित अझै चर्केको घरमा बस्न बाध्य
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार १८:८:२४
१७ वैशाख,भादगाउँ । गोरखा भूकम्पले भक्तपुरको टौमढीस्थित भैरवनाथको मन्दिर र ङातापोलमा मात्र होइन दरवारपरिसरका धेरै सम्पदा र नगरमा मात्र ६ हजार बढी घरमा नोक्सान पु¥यायो । त्यसबेला क्षती पुगेको भैरवनाथ र ङातापोल मन्दिर पुनःनिर्माण भइसकेको छ । अन्य धेरै सम्पदाहरुको पुनःनिर्माण सकिएको छ भने केहीको धमाधम भइरहेको छ ।
भैरव र ङातापोल मन्दिरको पुनःनिर्माणमा हजारौ स्थानीयले श्रमदान गरे । त्यहाँ श्रमदान गर्ने मध्ये एक हुन् भक्तपुर गःहिटीकी सरस्वती सिख्वाल । सम्पदा पुनःनिर्माणमा श्रमदान गरेपनि २०७२ सालको भूकम्पले चर्केको उनको घर भने अझै पुनःनिर्माण हुन सकेको छैन । सिख्वालको मात्र होइन गोरखा भूकम्पले नोक्सान पुगेका धेरै घरहरु अझै पुनःनिर्माण हुन बाँकी रहेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) भक्तपुरको पछिल्लो तथ्याङ्कले पनि भक्तपुरमा निजी आवास पुनःनिर्माण सन्तोषजनक नदेखिएको पाइएको छ । कार्यालयका अनुसार भक्तपुरमा जम्मा २८ हजार ६५० लाभग्राही छन् । ती लाभग्राहीमध्ये हालसम्म २५ हजार १५४ अर्थात् ८७ दशमलव ७९ प्रतिशतले मात्र अनुदानका लागि सम्झौता गरेका छन् । कार्यालयका अनुसार भक्तपुरमा हालसम्म १३ हजार १९६ जनाले दोस्रो किस्ता र १२ हजार ३३२ जनाले तेस्रो किस्ता लिएका छन् ।
“लाभग्राहीमध्ये प्रथम किस्ता लिने ८८ प्रतिशत त छ तर दोस्रो र तेस्रो किस्ता लिने लाभग्राही भने थोरै छ”, एकाइ प्रमुख आनन्दप्रसाद आचार्यले भने, “यहाँ पहिलो किस्ता लिएकामध्ये ४६ प्रतिशतले दोस्रो र ४३ प्रतिशतले मात्र तेस्रो किस्ता लिएका छन् ।” भक्तपुरका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकाका ७ हजार ७१४ लाभग्राहीमध्ये ५ हजार ८०१, चाँगुनारायण नगरपालिकाका ११ हजार ८९ जनामध्ये १० हजार १२२, मध्यपुर थिमि नगरपालिकाका २ हजार ३२२ लाभग्राहीमध्ये २ हजार ९९ र सूर्यविनायक नगरपालिकाका ७ हजार ५२५ लाभग्राहीमध्ये ७ हजार १३२ जनाले अनुदान सम्झौता गरेको कार्यालयले जनाएको छ ।
परिवारका सदस्यहरुबीच अंशसम्बन्धी, जग्गाको सिमाना विवाद, नक्सा पासका लागि सर्जमिन हुन नसक्नु, पहिले बनेका घरको नक्सा पासमा देखिएको समस्या लगायतका कारण कतिपय लाभग्राहीले पहिलो किस्ता नै बुझ्न सकेका छैनन् भने कतिपय लाभग्राहीले दोस्रो किस्ता लिन सकेका छैनन् ।
भक्तपुरमा निजी आवास पुनःनिर्माण नहुनुमा जग्गामा बहुस्वामित्व पनि एउटा प्रमुख कारणको रुपमा देखिएको छ । थोरै क्षेत्रफलको जग्गामा पनि बहुस्वामित्व भएका कारण पुनःनिर्माणमा समस्या देखिएको हो । गःहिटीकै पूर्ण सिख्वालले भने, “हाम्रो चार दाजुभाइ छौँ, पैसा नभएर होइन काकाहरुसँग साँधसिमानामा कुरा नमिलेकोले घर पुनःनिर्माण गर्न नसकिएको हो ।”
त्यस्तै गःहिटीकै बद्रीप्रसाद सिख्वालले थोरै जमिनमा पनि तीन भाइको स्वामित्व भएका कारण घर पुनःनिर्माण गर्न नसकिएको बताए । केहीले भने आर्थिक स्रोत नभएको र सरकारले दिएको अनुदानले घर निर्माण गर्न अपुग हुने भएकोले पनि घर पुनःनिर्माण गर्न नसकिएको बताउँछन् । “कृषि पेशाबाट हुने आम्दानीले चार जना छोराछोरीको पठनपाठन, खान लगाउन नै धौँ धौँ छ, सरकारले दिने भनेको तीन लाख हो, अरु पैसाको लागि कि त जग्गा बेच्नुपर्छ, कि ऋण लिनुपर्छ”, भक्तपुरका नानीराम दुवालले भने ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले सानो भूगोल तथा घना जनसङ्ख्या रहेको भक्तपुर जिल्लाका हकमा कतिपय स्थानीय नीतिले पनि समस्या भएको बताउँछन् । “आवास निर्माण गर्न जग्गा दर्ता, बाटोको मापदण्ड तथा नक्सा पासका समस्या छन्, यहाँ गुठीका समस्या छन्, कैयौं निजी गुठी छन् जुन कतै दर्ता छैनन्, त्यसले पनि समस्या बनाएको छ,” उनले भने ।
भक्तपुरमा नीजि आवासको पुनःनिर्माण सन्तोषजनक नभएपनि विद्यालय पुनःनिर्माण भने सन्तोषजनक देखिएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाई९शिक्षा०का इञ्जिनियर अजयकुमार साहले ९७ विद्यालयमा ७५ विद्यालयको पुनःनिर्माणको काम भएको बताए । सबैभन्दा धेरै चालु आर्थिक वर्षमा विद्यालय पुनःनिर्माणको काम अघि बढेको बताउँदैं उनले भने, “यसै आवमा २५ विद्यालयको पुनःनिर्माणको काम भएको छ, जुन असार मसान्तसम्ममा सबै पुरा हुन्छ ।” केही विद्यालयको नगरपालिकाले नक्सा स्वीकृत नगरेको र केहीमा जग्गा अपुग भएका कारण पुनःनिर्माणको काम अघि बढ्न नसकेको उनले बताए ।
यस्तै जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख रमामैया मानन्धरले जोखिम वर्गको घर पुनःनिर्माणमा आफूहरुले कार्यालय बाटै डकर्मी खटाइ पुनःनिर्माण गरिदिएको दावी गरिन । उनले भक्तपुर र मध्यपुर थिमि नगरपालिकाले आफ्नो कार्यालयका डकर्मीलाई हाजिर हुन नदिएकाले काम गर्न समस्या भएको बताइन् ।
गोरखा भूकम्पका बेला भक्तपुरका २१३ वटा सम्पदामा नोक्सान पुगेको थियो । ती मध्ये ११७ वटा पुनःनिर्माण भइसकेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इञ्जिनीयर मोहनसिंह लामाले जानकारी दिए । उनका अनुसार हाल १२ वटा सम्पदाको पुनःनिर्माण कार्य भइरहेको छ भने २० वटा पुनःनिर्माण शुरु हुने चरणमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार
शनिदेवको पूजा गर्दा दिशामा विशेष ध्यान दिनुपर्छ
बैशाख १५, २०८१ शनिबार
इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै
बैशाख १५, २०८१ शनिबार
गुडको यो उपायले सफलता मिल्छ, धनसम्पत्ति बढ्छ
बैशाख १५, २०८१ शनिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १५, २०८१ शनिबार
राष्ट्रिय सम्पत्ति जलिरहेको छ, देशको वास्तविकता ख्याल नगरी कस्ता योजना आउने होलान् ?
बैशाख १५, २०८१ शनिबार