निषेधाज्ञाले रोकेन विकास निर्माणका काम
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार १८:४३:२२
१७ बैशाख,कर्णाली । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुर्खेतमा पनि तीव्र रुपमा फैलिरहेको छ । प्रदेशमा ९८१ कोरोनाका सक्रिय संक्रमितमध्ये ६०० बढी वीरेन्द्रनगर नगरपालिकाका मात्रै छन् । संक्रमण फैलिन नदिन मङ्गलबार रातिदेखि जिल्ला प्रशासन कार्यालय सुर्खेतले निषेधाज्ञा जारी गरेको छ ।
अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाहिर निस्कन रोक लगाएपनि सार्वजनिक विकास निर्माणका कामले भने यसपटक निरन्तरता पाइरहेका छन् । गत वर्ष बन्दाबन्दी र निषेधाज्ञा हुँदा निर्माण कार्य ठप्प पारिएको थियो । यसपटक भने सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गरेर विकास निर्माणका कार्य सञ्चालन गर्न अनुमति दिएको हो ।
यतिबेला यहाँका सडक, भवन लगायतका पूर्वाधारका कामहरु धमाधम भइरहेका छन् । पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार चालू आर्थिक वर्षभित्र वीरेन्द्रनगरका पक्की पुल, सडक कालोपत्रे, नाली निर्माण लगायतका काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । निर्देशनालयका इन्जिनियर सूर्य शाहीले प्रदेश सरकार अन्तर्गतका सार्वजनिक निर्माणसँग सम्बन्धित कामहरु जनस्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गरिएको बताए ।
निषेधाज्ञामा सडक कालोपत्रेको काम प्रभावकारी भइरहेको निर्माणमा संलग्न मजदूरको भनाइ छ । “सडकमा मानिस र गाडी नहुँदा कालोपत्रे गर्न धेरै सजिलो भएको छ,” मालिका निर्माण सेवाका बखत शाहीले भन्नुभयो, “स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर फिल्डमा खटिएका छौं, भौतिक दूरी, मास्क तथा नियमित स्यानिटाइजरको प्रयोगमा लापरबाही गरेका छैनौं ।” निर्माण कार्य सञ्चालन हुँदा गत वर्षझैं मजदुरहरुले रोजगारी गुमाउनुपर्ने बाध्यता हटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
बैशाख २९, २०८१ शनिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १, २०८१ मंगलबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार