मंगलबार , जेठ ४, २०७८

दमकमा कोरोना संक्रमितका लागि निशुल्क सवारीसाधन

दमकमा कोरोना संक्रमितका लागि निशुल्क सवारीसाधन

१७ वैशाख,दमक । यहाँका एक व्यवसायीले कोरोना भाइरस संक्रमित बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने भएको छ ।

दमकका युवा व्यवसायी शम्भु भण्डारीले गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका कोरोना भाइरस संक्रमित बिरामीलाई उपचारका लागि दमकसहित प्रदेश नं १ भरिका अस्पतालसम्म लैजानका लागि निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने घेषणा गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेकपा एमाले निकट युवा सङ्घ झापाका अध्यक्षसमेत रहेका व्यवसायी भण्डारीले विपद्का समयमा मानवीय सहयोग पु¥याउनका लागि आफूले निःशुल्क सवारीसाधन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको बताए । उनले उक्त सेवा लिनका लागि ९८५२६७७९७२ नम्वरमा सम्पर्क गर्न पनि सम्बन्धित सबैमा आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय