मंगलबार , जेठ ४, २०७८

संक्रमणबाट भारतमा सुटर दादीको मृत्यु

संक्रमणबाट भारतमा सुटर दादीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट भारतमा ‘सुटर दादी’को नामबाट चर्चित चन्द्रो तोमरको मृत्यु भएको छ। पछिल्लो दुई दिनदेखि श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई मेरठको एक अस्पतालमा भर्ना गरिएको थियो।

८९ वर्षीया तोमरलाई कोरोना संक्रमण भएको खबर उनको परिवारले तीन दिनअघि सामाजिक सञ्जालमार्फत दिएको थियो। अस्पताल भर्ना गरिएको दुई दिनमै उनको निधन भएको हो। उत्तर प्रदेशको बागपतकी उनीमाथि चलचित्र ‘साँड कि आँख’समेत बनेको थियो। जसमा तापसी पन्नु र भुमी पेडनेकरले अभिनय गरेकी थिइन्।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भुमीले चन्द्रो तमोर र तापसीले प्रकाशी तमोरको भुमिका निभाएका थिए। प्रकाशी पनि ‘सुटर दादी’का नामले चिनिन्छिन्। ‘साँड की आँख’मा उनीहरुको संघर्ष देखाइएको छ।

उनको निधनप्रति भुमी र तापसीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्। चन्द्रोले ६५ वर्षको उमेरमा सुटिङको अभ्यास सुरु गरेकी थिइन्। उनले २५ नेशनल सुटिङ च्याम्पियसशीपमा सहभागी भएर सबै प्रतियोगिता जितेकी थिइन्। सरुवाती दिनमा उनी अभ्यासका लागि राती घरमा सबैजना सुतिसकेपछि सुटुक्क निस्केर घण्टौँ अभ्यास गर्थिन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय