वालिङका उद्यमीहरुलाई कृषि औजार वितरण
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शनिबार ०:३८:४६
१७ बैशाख, वालिङ । वालिङका उद्यमीहरुलाई कृषि औजार बितरण गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत बिभिन्न सामाग्रीहरु बितरण गरिएको हो ।
कृषि औजारहरु हस्तान्तरण गर्दै नगर उपप्रमुख कल्पना तिवारीले उत्पादन बढाउन र लागत कम गर्न कृषि औजारहरु सहयोगी हुने बताए । उनले भने, अत्याधुनिक प्रविधिको प्रयोगले कृषकको परिश्रममा कमी ल्याउने मात्रै होईन उत्पादकत्व समेत बढ्छ ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कोभिडको प्रभावबाट बच्दै कृषि कर्ममा निरन्तर लाग्न कृषकहरुलाई सुझाव दिए ।कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कोभिड प्रभावित कृषक तथा उद्यमीहरुलाई लक्षित गरि बिभिन्न सामाग्रीहरु प्रदान गरिएको बताए ।
कार्यक्रममा मिल्क एनालाईजर, मिनि थ्रेसर,अटोमेटिक मकै छोडाउने मेसिन,अत्याधुनिक चापकटर,ठेलागाडा, वाईपर गम्वुट सेट,वेडर लगायतका सामाग्री कृषि औजार तथा सामाग्री बितरण गरिएको कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफलफूल, तरकारी र दूध उत्पादन गर्ने किसानलाई अनुदान
जेठ १, २०८१ मंगलबार
जलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार