मंगलबार , जेठ ४, २०७८

हुम्लालाई कोरोना महामारीबाट बचाउन के गर्ने ? डा. नितेश घिमिरेका दश सुझाव

हुम्लालाई कोरोना महामारीबाट बचाउन के गर्ने ? डा. नितेश घिमिरेका दश सुझाव

१९ बैंशाख, हुम्ला । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा २१४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २१४ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १७२ जना छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लामा, दैनिक नेपालगञ्ज र सुर्खेतबाट ३ देखि ४ उडान हुने गर्छन् ।

सीमिकोट विमानस्थल एतिसम्म फितलो छ कि यात्रीको पीसीआर त धेरै परको कुरा, मेरो निरीक्षणमा रहेको नम्खा गाँउपालिकाबाट आवतजावत गर्ने यात्रीको जानकारीसमेत विमानस्थल विभागसँग नहुने रहेछ ।

देशभर कोरोनाको दोस्रो लहर शुरु भएको पनि केही हप्ता भैसकेको छ । मृत्युदर झन् बढेर गएको छ । अस्पतालहरुमा बेड भरिएको र फेरि पनि हाम्रो तयारी नपुगेरै होला, हामी चुकेको संकेत पाइसकेका छौँ ।

मेरा दश सुझाव:-

-सडक सञ्जालमा नजोडिएको हुँदा, विमानस्थल नै मुख्य संक्रमणको स्थल हो । विमानस्थल छेउछाउ होटेलहरुलाई होल्डीङ सेन्टरमा परिणत गर्न तयारी गर्ने । खर्चको सोधभर्ना स्थानीय सरकारले गर्ने । प्रत्येक होटेलमा कम्तिमा दुईजना स्टाफ नर्स र एकजना मेडिकल अधिकृत राखी सामान्य लक्षण वा लक्षण नभएकाहरुलाई राखी निगरानी गर्ने र आवश्यक परे कोभिड – १९ अस्पतालमा पठाउने ।

-सक्रिय संक्रमितहरुलाई पूर्णरुपमा आइसोलेशन केन्द्र तथा कोभिड – १९ अस्पतालहरुमा राख्ने व्यवस्था मिलाउने ।

-कोभिड – १९ अस्पतालहरुको लागि छिटो भन्दा छिटो फास्ट ट्रयाकबाट बजेट विनियोजन गर्ने ।

-कोभिड – १९ मा काम गर्ने सम्पूर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको लागी जोखिम भत्ता सुनिश्चित गर्ने ।

-जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र र नेपाली सेना परिचालन गर्न आवश्यक निर्देशिका जारी गर्ने ।

-संक्रामक रोग ऐन २०२० अन्तर्गत महामारीमा नीति नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्ने ।

-अत्यावश्यक काम बाहेक घर बाहिर र सार्बजनिक स्थलमा ननिस्कन आब्हान गर्ने ।

-प्रत्येक नागरिकले घर बाहिर निस्कनु पर्ने अत्याबश्यक काम भएमा स्तरीय मास्कको अनिवार्य प्रयोग गर्ने । घर बाहिर मास्क प्रयोग नगरेमा दण्ड जरिवाना गर्न गराउन स्थानीय प्रशासनलाई अधिकार प्रत्यायोजन गर्ने ।

-स्कूल, कलेज, विश्वविद्यालय, पाठशाला, होटेल, रेस्टुरेन्ट, सभा सम्मेलन, गोष्ठी, तथा अधिवेशन पूर्ण बन्द गर्ने ।

-लक्षण भएका संक्रमितहरुको पूर्ण उपचार तोकिएको अस्पतालहरुमा निशुल्क गर्ने । लक्षण नभएका संक्रमितहरुले कोरोना सार्न तथा फैलाउन सक्ने भएको हुनाले, आईसोलेशन अवधि पुरा गर्न सहज वातावरण बनाउने र आइसोलेशन केन्द्रमा ( होटेल लगायत बिद्यालय ) राख्ने।

स्थानीय सरकार र सम्बन्धित निकायले जिल्लामा काम गरिरहेका चिकित्स्क लगायत अन्य स्वास्थ्यकर्मीलाई समयको माग अनुरुप परिचालन गर्न सके, यो महामारीको युद्द्मा- सायद हुम्लालाई कोरोना मुक्त जिल्ला भनेर घोषणा पो गर्न सकिन्छ कि ?

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अझ केही सातासम्म कोरोनाको उच्च जोखिम कायमै अझ केही सातासम्म कोरोनाको उच्च जोखिम कायमै १५ घण्टा पहिले
एम्बुलेन्स चालकको पीडा,आफ्नो भन्दा बढी परिवारको चिन्ता एम्बुलेन्स चालकको पीडा,आफ्नो भन्दा बढी परिवारको चिन्ता २१ घण्टा पहिले
५ लाख राशिको ब्लूमक्विस्ट पुरस्कार कृति शर्मालाई  ५ लाख राशिको ब्लूमक्विस्ट पुरस्कार कृति शर्मालाई  २३ घण्टा पहिले
तीन कम्पनीको सर्किट लेभलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? तीन कम्पनीको सर्किट लेभलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? २३ घण्टा पहिले
सरकारी गाडीमै काठ तस्करी:- वन कर्मचारीमाथि दवाव र प्रभाव चर्को सरकारी गाडीमै काठ तस्करी:- वन कर्मचारीमाथि दवाव र प्रभाव चर्को १६ घण्टा पहिले
पाँचथरमा जेठ १७ गतेसम्म निषेधाज्ञा पाँचथरमा जेठ १७ गतेसम्म निषेधाज्ञा ४७ मिनेट पहिले
निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब २० करोड रुपैयाँ मुनाफा, अग्रस्थानमा शिखर र नेको इन्स्योरेन्स निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब २० करोड रुपैयाँ मुनाफा, अग्रस्थानमा शिखर र नेको इन्स्योरेन्स २४ घण्टा पहिले
सरकारले धुलिखेल अस्पताललाई छ करोड असी लाख दिने सरकारले धुलिखेल अस्पताललाई छ करोड असी लाख दिने १६ घण्टा पहिले