मंगलबार , जेठ ४, २०७८

कोरोनाबाट डाबर नेपालका लेखापालको मृत्यु

कोरोनाबाट डाबर नेपालका लेखापालको मृत्यु

१९ बैशाख, बारा । कोरोना भाइरसको संक्रमणबाट डाबर नेपालका लेखापालको मृत्यु भएको छ । भारतको बिहार मधुवनी घर भएका ३५ वर्षीय पुरुषको वीरगञ्जमा मृत्यु भएको हो ।

मृतक पुरुष बाराको जितपुरसिमरा-२३ स्थित डाबर नेपालको लेखापालका रुपमा कार्यरत थिए । श्‍वास–प्रश्वासमा समस्या देखिएपछि वैशाख ५ गते नारायणी अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो । भोलिपल्ट रिपोर्ट आउँदा पोजेटिभ देखिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

रिपोर्ट आएकै दिन उपचारका लागि उनलाई नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार बिहान ४स् ०० बजे उनको मृत्यु भएको नारायणी बयोधा अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय