मंगलबार , जेठ ४, २०७८

संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई स्वीकार्य हुँदैन : डा. शेखर

संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई स्वीकार्य हुँदैन : डा. शेखर

२० बैशाख, काठमाडाैं ।  नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक विचार लेख्दै कोइरालाले लुम्बिनी प्रदेशमा एमालेको बलमिच्याइँ, जबर्जस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापी स्वीकार्य नहुने बताएका हुन् ।

एमाले सत्ताकब्जाको गलत बाटोतर्फ उन्मूख भएको आरोप लगाउदै कोइरालाले अत्पमतमा रहेको सरकारको अलोकतान्त्रिक कदमका बिरुद्धमा वर्तमान सरकार लाजै नमानी एकपछि अर्को अलोकतान्त्रिक कदमतर्फ अग्रसर भएकोमा आरोप लगाए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

लुम्बिनी प्रदेश एउटा उदाहरण मात्र भएको सरकारको वर्तमान हर्कतहरु हेर्नै नसकिने र पचाउनै नसकिने गरि देखिदै गएकोमा चिन्ता समेत ब्यक्त गरेका छन् । सरकार आफै अलोकतान्त्रिक बाटोमा हिडन खोजेपछि आम नागरिकलाई लोकतन्त्रका मर्म र भावनाहरुको ब्याख्या कसरी गर्ने ? भन्ने चिन्ता पनि बढन थालेको छ ।

डा. शेखरले सरकारको गलत रबैयाका कारण लोकतन्त्रकै धज्जी उडाएको बताएका छन् । लोकतन्त्रका धरोहरहरु माथि एकपछि अर्को प्रहारले वर्तमान सरकार अधिनायकवादतर्फ अगाडि बढेको स्पष्ट पारे ।

shekar

उनले भनेका छन्, गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेललाई जसरी मुख्यमन्त्रीको शपथ गराईयो, यसले एमाले जसरी पनि सत्ता कब्जाको उद्धेष्यका साथ अगाडि बढीरहेको छ । यसले लोकतन्त्रको मर्म र भावना माथि समेत चोटिलो प्रहार गरेको छ । नेपाली कांग्रेसभित्रको आन्तरिक अधिनायकवादका बिरुद्धमा लडदै आएका नेता डा. शेखर कोइराला अब सिंगो सरकारका अलोकतान्त्रिक कदमका बिरुद्धमा लडने अवस्था आईसकेको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ज्यानमारा भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ जनाको मृत्यु ज्यानमारा भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ जनाको मृत्यु १६ घण्टा पहिले
प्रहरीको सक्रियतामा पछिल्लो २४ घण्टामा १ सय ६१ वटा अक्सिजन सिलिन्डर संकलन प्रहरीको सक्रियतामा पछिल्लो २४ घण्टामा १ सय ६१ वटा अक्सिजन सिलिन्डर संकलन १५ घण्टा पहिले
बादललाई मत हाल्न महासचिवको ह्वीप, सयुक्त निर्णय नभए ह्वीको अर्थ रहदैन: नेपाल पक्ष बादललाई मत हाल्न महासचिवको ह्वीप, सयुक्त निर्णय नभए ह्वीको अर्थ रहदैन: नेपाल पक्ष १ घण्टा पहिले
भारतमा चक्रवातका कारण तीव्र गतिको हावासहित भारी वर्षा भारतमा चक्रवातका कारण तीव्र गतिको हावासहित भारी वर्षा १७ घण्टा पहिले
कोभिड महामारीमा सामाजिक संजाल बढी प्रयोग गर्नेहरु मनोत्रासको शिकार कोभिड महामारीमा सामाजिक संजाल बढी प्रयोग गर्नेहरु मनोत्रासको शिकार २३ घण्टा पहिले
प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन १८ घण्टा पहिले
दश कम्पनीको सर्किट लेभलमा कारोबार दश कम्पनीको सर्किट लेभलमा कारोबार १८ घण्टा पहिले
टेलिकमको भिओएलटीई सेवा परीक्षण शुरु टेलिकमको भिओएलटीई सेवा परीक्षण शुरु २२ घण्टा पहिले