उपत्यकामा एक साता लकडाउन थपिने
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार २०:१६:२३
२० बैशाख, काठमाडौं । राजधानीलगायत देशका सहरी क्षेत्रमा कोरोना संंक्रमणको दर व्यापक रहेको भन्दै उपत्यकाको जनजीवन अझै कसिलो बनाइन लागेको छ । एक साताका लागि उपत्यकामा लगाइएको निषेधाज्ञाले कोरोनाको संक्रमण रोक्न नसकेको भन्दै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले वैशाख मशान्तसम्म थप्ने संकेत गरेका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज ललितपुर र भक्तपुरका समकक्षीहरुसँग कुरा भएको र सम्भवत भोलि औपचारिक रुपमै बैठक गरी निषेधाज्ञा थप्ने तयारी रहेको बताए ।
उपत्यकामा आज पाँचौ दिनको निषेधाज्ञा हो । तर कतिपय स्थानमा मानिसको भीडभाड कायमै देखिएको र भित्री सडकमा स्वास्थ मापदण्डको पालना नभएको भन्दै अब कडाई गरिने पनि उनले बताए ।
कोरोना संक्रमणको ग्राफ अझै उकालो लागिरहेकाले थप एक साता निषेधाज्ञा लम्बिने उनले बताए । गएको विहीबारदेखि एक साताका लागि निषेधाज्ञा जारी छ । मन्त्रिपरिषदले पनि निषेधाज्ञा आवश्यकता अनुसार स्थानीय प्रशासनले दुई सातासम्म लम्ब्याउन सक्ने अधिकार प्रत्यायोजन गरिसकेको छ । सोही बमोजिम वैशाख मशान्तसम्म निषेधाज्ञा लम्बिने सम्भावना रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
देशभर रहेका गरिब घर परिवार पहिचान गरिने
जेठ १, २०८१ मंगलबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
संघीयता कार्यान्वयन सम्बन्धी थप कानुन बनाइने
जेठ १, २०८१ मंगलबार
कसले बुझ्ला यात्रुका पीडा !
जेठ १, २०८१ मंगलबार
सडक जाम नगरी संसद पुगे राष्ट्रपति पौडेल [ फोटोफिचर ]
जेठ १, २०८१ मंगलबार