मंगलबार , जेठ ४, २०७८

संक्रमण बढेसंगै स्वास्थ्य सुरक्षा अपनाउन आग्रह

संक्रमण बढेसंगै स्वास्थ्य सुरक्षा अपनाउन आग्रह

२० वैशाख,बलेवा । कोभिड–१९ को जोखिम बढेपछि हिमाल पारीको जिल्ला मुस्ताङका सरकारी कार्यालय धमाधम बन्द हुन थालेकाछन् । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सो जिल्लाका जलश्रोत तथा सिँचाइ सव डिभिजन र खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय आजदेखि बन्द भएका हुन् ।

सिँचाइ सव डिभिजन कार्यालयमा कार्यरत दुई कर्मचारीमा केही दिन पहिला कोरोना संक्रमण पुष्टि भएको थियो । अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको कार्यालयले जनाएका छन् । कोरोना जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयको नियमित सेवा पनि मंगलबारदेखि बन्द गर्ने भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जोखिम कम गर्न अत्यावश्यक बाहेकका सेवा बन्द गर्न लागिएको प्रशासनले जनाएको छ । प्रशासनका सेवा बन्द गरेको बिषयमा जानकारी गराएको प्रशासनले कहिले सम्म बन्द रहने भन्ने बिषयमा भने जानकारी गराएको छैन् । आइतबार जिप्रकाले प्रकाशित गरेको सूचनामा कोरोनाको दोश्रो लहर मुस्ताङमा समेत फैलिन थालेको जनाउदै अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालद्वारा जारी सूचनामा कोभिड—१९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्थित कार्यालय र पसल लगायतका सार्वजनिक स्थलमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सर्वसाधरणमा अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय