मंगलबार , जेठ ४, २०७८

बिहीबार रातिबाट सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिने

बिहीबार रातिबाट सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिने

२० बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द हुने भएका छन् । वैशाख २३ गते ‘बिहीबार’ राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिने मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निर्णय गरेको हो ।

भारत र नेपालबीच एयर बबल स्किमअनुसार भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ । यहाँबाट आउने यात्रु १० दिन क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय भएको छ । अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय