कोरोना नियन्त्रणमा दमक नगरपालिका सक्रिय
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार २३:१३:१३
२० वैशाख, दमक । विश्वभरी फैलिएको कोरोनाको दोश्रो भेरियन्टले पूर्वि नेपालको झापामा पनि डरलाग्दो रुप लिने देखिए पछि नियन्त्रणका लागि दमक नगरपालिकाले सक्रियता देखाएकाे छ । फेरि पनि विश्वलाई त्राहिमाम पार्दै नयाँ भेरियन्टको कोरोना संक्रमणबाट जनजीवन त्राहिमाम बनेको छ ।
झापा जिल्लामा गत बर्ष भन्दा पनि डरलाग्दो तवरले फैलिरहेको भेरियन्टबाट दमकमा हालसम्ममा २ जनाको मृत्यु भैसकेको छ । दमक नगरपालिकाले दिएको जानकारी अनुसार सोमबार बिहानसम्ममा नयाँ भेरियन्टबाट ७० जना संक्रमित भएका छन् ।
नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी कुबेर भट्टराईले कोरोना महामारीको संक्रमणमा परी यस अघि नै दमकका एकजना बृद्धाको मृत्यु भैसकेको बताए । धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दमक–२ की ६५ बर्षिय बृद्धाको मृत्यु भएसँगै दमकमा कोरोना महामारीबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
रोगको महामारी थप फैलन नदिन दमक नगरपालिकाले नगरबासीलाई सुसुचित गराई रहेको र स्थिति भयाभह हुन नदिन अत्यन्तै सतर्कता अपनाईएको समेत नगरपालिकाले जनाएको छ ।
गत बर्ष दमकमा कोरोनाको महामारी अत्यधिक रुपमा बृद्धि हुन थाले पछि दमक नगरपालिकाको पहलमा खोलिएको कोरोना अस्पताल महामारी रोकथाम भएसँगै बन्द गरिएको थियो । हाल कोरोनाको संक्रमण अत्यन्तै भयाभह हुने अवस्था देखिएसँगै बिगत केहि समय अघिदेखि बन्द रहेको कोभीड अस्पताल पुन सञ्चालनमा ल्याईएको जानकारी दिइएको छ ।
दमक अस्पतालको मातहतमा रहेको उक्त अस्पताल दमक–२ स्थित बेलडाँगीमा आइतबारबाट पुनः सञ्चालनमा ल्याईएको नगरपालिकाकी पवक्त समेत रहेकी दमक नगरपालिकाकी उपप्रमूख गिता अधिकारीले बताएकी छिन् । हालसम्म उक्त कोभीड अस्पतालमा ४ जना संक्रमितहरु उपचाररत रहेका छन् ।
दमक नगरपालिकाले कोरोना महामारीका बिरुद्धमा गत बर्ष पनि उल्लेख्य क्रियाशिलता देखाएकोमा हाल आएर फेरि पनि उत्तिकै क्रियाशिलता देखाएको छ । नगरबासीको स्वास्थ्यमा अत्यन्तै सम्बेदनशील देखिएको दमक नगरपालिका अहिले नगरबासीको जिवन रक्षाको लागि दिनरात नभनी लागि परेको दमकका स्थानीय बासीहरुको भनाई रहेको छ ।
अत्यन्तै प्रभावकारी ब्यवस्थापनका कारण दमकको कोभीड अस्पतालमा शुरुवातमै उपचार गराउन आउनेहरुको संख्या बढन थालेको र उपचारमा अत्यन्तै सजकता अपनाईएको दमक अस्पतालकी सूचना अधिकारी देवी दंगालले बताइन् ।
आर्थिक अवस्था कमजोर रहेका र उपचार गराउन नसकीरहेका दमकबासीहरुको निःशुल्क उपचार गराईने अस्पतालकी सूचना अधिकारी दंगालको भनाई छ । अहिले दमक नगरपालिका क्षेत्रभित्र समेत निशेधाज्ञा जारी भएकोले सर्बसाधारण नागरिक घरमै बस्न बाध्य भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार