विद्यार्थीको सिकाइलाई निरन्तरता दिने योजना ल्याउन माग
नेपालबहस संवाददाता
बैशाख २१, २०७८ मंगलबार १५:४८:२२
२१ वैशाख,काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले कोभिड–१९ को दोस्रो लहरले आक्रान्त पारेका बेला विद्यालय तहमा वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन सरकारसँग माग गरेको छ ।
स्वास्थ्य असुरक्षाका कारण हाल विद्यालय बन्द रहेको र विद्यार्थीको सिकाइलाई निरन्तरता दिने स्पष्ट वैकल्पिक योजना र कार्यक्रम नरहेको प्रति आम अभिभावक चिन्तित भएको महासङ्घले जनाएको छ । महासंघले सो विषयमा यही वैशाख ११ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएको तर हालसम्म स्पष्ट सुनुवाइ नभएको उल्लेख गरेको छ ।
‘‘शैक्षिकसत्र समयमै पूरा गर्ने र समयमै अन्तिम परीक्षा सम्पन्न गर्ने, गराउने पूर्वशर्त र आकस्मिक शिक्षा कार्ययोजनामा उल्लेख भएअनुसारको वैकल्पिक माध्यमबाट सिकाइ गतिविधि यथाशिघ्र सञ्चालनमा ल्याई विद्यार्थीको सिकाइ निरन्तरताको सुनिश्चितता गर्न माग गर्दछौँ”, महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
शिक्षकमाथि कारवाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार