ढुङ्गाले च्यापेर एकको मृत्यु, एक घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०७८ मंगलबार १६:५:२६
२१ वैशाख, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटीको ढुङ्गाले च्यापेर मृत्यु भएको हो । सोही ठाउँका १८ वर्षीय सुजन जिसी घाइते भएका छन् ।
सोमबार साँझ पानी परेपछि उनीहरु ओत लागेर बसेको ढुङ्गा एक्कासी माथिबाट खसेर च्यापिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए। उनीहरु बालुला लिन कालीगण्डकी किनारमा गएको समयमा पानी परेपछि ओत लाग्न ढुङ्गामुनि बसेका थिए । बोगटीको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भाग्ने क्रममा घाइते भएका जिसीको बेनी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुसँगै ओत लागेर बसेका अर्का एक जना भागेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता
असोज २, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
असोज ५, २०८१ शनिबार
तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने
असोज ५, २०८१ शनिबार
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
असोज ५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ५, २०८१ शनिबार
यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार