मंगलबार , जेठ ४, २०७८

पदमुक्त भएकोमा अत्यन्त खुशी छु, मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई – शेरचन

पदमुक्त भएकोमा अत्यन्त खुशी छु, मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई – शेरचन

२१ बैशाख, काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा आफूलाई खुशी लागेको बताउदै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई विशेष धन्यवाद दिएका छन् ।

जिम्मेवार मुक्तभएपछि आज विहान पत्रकार सम्मेलन गर्दै शेरचनले अधिकारविहिन जिम्मेवारीबाट मुक्त हुँदा खुशी लागेको बताएका हुन । ‘अधिकारविहीन खुला जेलबाट मुक्त भएको महसुस भएको छ  । ‘पदमुक्त भएकोमा अत्यन्त खुशी छु । मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई ।’ शेरचनले भने ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

‘पहिला ओली जी र पुनः प्रचण्ड जीमार्फत् ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो यो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारको पद हो यो । अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनु भएकोमा पुनः धन्यवाद दिन चाहन्छु राष्ट्रपतिज्यूलाई ।’ शेरचनले भने ।

सरकारले हिजो माओवादी केन्द्रको कोटाबाट गण्डकी प्रदेश प्रमुख शेरचनलाई गण्डकी प्रदेशबाट हटाएर उक्त पदमा एमाले नेता सीता पौडेललाई नियुक्त दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय