दुई कम्पनीको सर्किट लेभलमा कारोबार, प्रतिकित्ता शेयरमूल्य कति ?
नेपालबहस संवाददाता
बैशाख २१, २०७८ मंगलबार १६:५३:३१
२१ बैशाख, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्सेमा दुई कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ । यस दिन बजार खेलेको केही समयमा महिला लघुवितत र सिंगटी हाइड्रो शेयरमा सर्किट लागेको हो ।
यस दिन महिला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ४ हजार १५८ रुपैयाँ पुगेको छ । छोटो समयमै कम्पनीका लगानीकर्ताले उक्त कम्पनीको शेयरबाट आकर्षक प्रतिफल प्राप्त गरेका छन् । कम्पनीको शेयर कारोबारमा आएको तेस्रो दिन देखिनै सर्किट लेबलमा वृद्धि हुँदै आएको छ । एक महीनामा १ हजारको लगानी ४० हजार पुगेको छ ।
सिंगटी हाइड्रोको प्रतिकित्ता शेयरमूल्य ४ सय ८१ रुपैयाँ पुगेको छ । आज यी दुई वटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।
महिला लघुवित्तको पछिल्लो ४५ दिनमा उच्च शेयरमूल्य वृद्धि हुने पहिलो कम्पनी हो । लघुवित्तले करिब दुई महिना पहिलो सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ नेप्सेमा सूचीकृत भएसंगै कम्पनीको शेयरमूल्यमा दैनिक सर्किट लाग्दै आएको छ ।
सिगंटी हाइड्रोको शेयर वैशाख १५ गते (बुधवार)देखि कारोबारमा आएको हो । कम्पनीले नेप्सेमा पहिलो कारोबारको लागि ओपन रेञ्ज १०० देखि ३०० सम्म तोकेको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार