मंगलबार , जेठ ४, २०७८

भरतपुर अस्पतालका अधिकांश संक्रमितलाई अक्सिजन आवश्यक

भरतपुर अस्पतालका अधिकांश संक्रमितलाई अक्सिजन आवश्यक

२१ वैशाख,चितवन । अस्पतालमा उपचारका लागि आउने अधिकांश संक्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ । पहिलो लहरको कोभिडमा केही संक्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको भए पनि दोस्रो लहरमा भने अस्पतालमा आएका अधिकांशलाई अक्सिजन आवश्यक परेको हो ।

भरतपुर अस्पतालका अध्यक्ष एवं फिजिसियन डा. भोजराज अधिकारीले पहिलो लहरमा ११० जना बिरामी भर्ना हुँदा २० जनालाई अक्सिजन लगाउनुपरेको तर अहिले भर्ना हुने सबैलाई अक्सिजन दिनु परेको बताए । गत वर्ष उमेर बढी र दीर्घरोगीमा संक्रमण बढी देखिएको भए पनि अहिले सबै उमेर समूह प्रभावित छन् । सामान्य अवस्थाका संक्रमित घरमै बसेका छन् भने जटिल अवस्था आउनासाथ अस्पताल आउने गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनका अनुसार पहिलो लहरमा ‘माइल्ड’, ‘मोडरेट’ र ‘सिभर’ वर्गीकरण गरेर उपचार गरिएकामा अहिले एउटै बिरामी ४८ घण्टामा माइल्डबाट मोडरेट अनि सिभर भएर घरको आइसोलेशनबाट एचडियु हुँदै सघन उपचार कक्षमा सार्नुपरेको छ । जुनसुकै बेला संक्रमितलाई अस्पताल भर्ना गरेर अक्सिजन दिनु परेको उनको भनाइ छ ।

अस्पतालका कोभिड व्यवस्थापन समूहका संयोजक डा प्रमोद पौडेल कतिपयले घरमा समेत अक्सिजन लगाएको जानकारीमा आएको बताउछन् । अस्पतालमा भर्ना भएका अधिकांशलाई अक्सिजन दिनुपरेको उनले जानकारी दिए । उनको भनाइमा अस्पतालमा रहेको हाइफ्लो नेजल क्यानुलाबाट समेत संक्रमितलाई अक्सिजन दिइँदै आएको छ । भरतपुर अस्पतालमा यस्ता उपकरण १० वटा छन् । यसले एक मिनेटमा साठी लिटरसम्म अक्सिजन दिन सक्छ । पौडेलले भने, “हामीले अक्सिजन प्लान्टबाट सोझै क्यानुलामार्फत बिरामीलाई अक्सिजन दिने गरेका छौँ ।”

अत्यधिक अक्सिजन आवश्यक पर्ने बिरामीलाई यस उपकरणमार्फत अक्सिजन दिइँदै आएको छ । साधारण लक्षण भएका संक्रमित घरमै बस्ने र जटिल भएपछि मात्रै अस्पताल आउने प्रचलनका कारण आएका सबैलाई अक्सिजन दिनु परेको चिकित्सकहरु बताउँछन् ।

चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल अस्पताल ल्याउनुपर्ने संक्रमित एम्बुलेन्समै अक्सिजन लगाएर आएपछि नियमित अक्सिजन लगाउनुपर्ने अवस्था आएको बताउछन् । पहिलो लहरमा अस्पतालमा आउने संक्रमितमध्ये ९० प्रतिशत सामान्य थिए भने अहिले ९० प्रतिशत जटिल हुने गरेका छन् । ती सबैलाई अक्सिजनको सहायताले उपचार गर्नुपरेको छ ।

जिल्लामा कोभिडको उपचार गर्ने भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस सबैको आफ्नै अक्सिजन प्लान्ट छ । तिनै प्लान्टबाट सेन्ट्रल सप्लाईमार्फत सङ्क्रमितलाई अक्सिजन दिइँदै आएको छ । तत्कालका लागि यहाँ अक्सिजनको अभाव भने नभएको चिकित्सकहरुले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राधी विद्युतसहित नौ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति कमाए ? राधी विद्युतसहित नौ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति कमाए ? २० घण्टा पहिले
ज्यानमारा भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ जनाको मृत्यु ज्यानमारा भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ जनाको मृत्यु १८ घण्टा पहिले
दैलेखमा कोरोनाले एउटै समुदायका ९ जनाको मृत्यु दैलेखमा कोरोनाले एउटै समुदायका ९ जनाको मृत्यु २ घण्टा पहिले
तीन कम्पनीको सर्किट लेभलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? तीन कम्पनीको सर्किट लेभलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? २३ घण्टा पहिले
आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य २ घण्टा पहिले
आधा दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? आधा दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? २१ घण्टा पहिले
भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश १५ घण्टा पहिले
कोरोना नियन्त्रणमा सहयोग गर्न युएन एजेन्सीहरुलाई मुख्यमन्त्रीको अपील कोरोना नियन्त्रणमा सहयोग गर्न युएन एजेन्सीहरुलाई मुख्यमन्त्रीको अपील २३ घण्टा पहिले