मंगलबार , जेठ ४, २०७८

मोरङमा कोरोना संक्रमणबाट पाँचको मृत्यु

मोरङमा कोरोना संक्रमणबाट पाँचको मृत्यु

२१ वैशाख,मोरङ । कोरोना संक्रमणबाट मोरङमा आज पाँच जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरूमा दुई महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेहरूमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा चार र मोरङको बेलबारी नगरपालिकामा होम आइसोलेशनमा एक जना रहेका छन् ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । निजलाई कोरोना पोजेटिभ देखिएपछि सोमबार नोबेलको कोभिड अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको सोही अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही वैशाख १३ गते उपचारका लागि भर्ना गरिएको थियो । निजलाई निमोनियाको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई कोरोना देखिएपछि उपचारका लागि सोमबार अस्पताल भर्ना थियो र दमको पुरोना समस्या रहेका अस्पतालले जनाएको छ ।

प्रदेश नं २ को सप्तरी हनुमान नगर–कङ्कालनी–२ का ३५ वर्षीय पुरुषको सोही अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । कोरोना पुष्टी भएपछि उपचारका लागि यही वैशाख १७ गते भर्ना गरिएको अस्पतालका प्रबन्धक दाहालले बताए ।

बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेशनमा आज मृत्यु भएको छ । निजलाई यही वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा पोजेटिभ देखिएपछि होम आइसोलेशनमा बसेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नागरिक लगानी कोषले गर्यो ५९ करोड बढि मुनाफा, प्रतिशेयर आम्दानी कति ? नागरिक लगानी कोषले गर्यो ५९ करोड बढि मुनाफा, प्रतिशेयर आम्दानी कति ? २ घण्टा पहिले
संक्रमण बढेपछि बनेपा सिल, मर्निङवाकसमेत बन्द संक्रमण बढेपछि बनेपा सिल, मर्निङवाकसमेत बन्द २४ मिनेट पहिले
रुकुम पूर्वमा केन्द्रिय विद्युत् लाइनको विस्तार रुकुम पूर्वमा केन्द्रिय विद्युत् लाइनको विस्तार १ दिन पहिले
श्रीलंका क्रिकेट टिमको नयाँ कप्तान बने कुशल, उपकप्तानमा मेन्डिस श्रीलंका क्रिकेट टिमको नयाँ कप्तान बने कुशल, उपकप्तानमा मेन्डिस ६ दिन पहिले
डीआईजी र एसपीको नाममा बालुवा र गिट्टी तस्करीको लाईन दिएर रकम असुल्दै थापा डीआईजी र एसपीको नाममा बालुवा र गिट्टी तस्करीको लाईन दिएर रकम असुल्दै थापा ७ दिन पहिले
एकैघरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु एकैघरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु ४ दिन पहिले
प्रदेश सरकारको सहयोगमा १५ खानेपानी आयोजना सम्पन्न प्रदेश सरकारको सहयोगमा १५ खानेपानी आयोजना सम्पन्न ७ दिन पहिले
पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक ३ दिन पहिले