गैँडाकोटमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार २०:२:४६
२२ वैशाख,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको कारण आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नगरपालिकाभित्र भीडभाड, सभासम्मेलन, समारोह, भेलाजस्ता कार्यहरु नगर्नसमेत स्थानीयवासीलाई आग्रह गरेका छन् । “नयाँ भेरियन्टसहित फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट थप क्षति हुन नदिनका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ”, पौडेलले भने, “निषेधाज्ञा अवधिभर गैँडाकोट नगरपालिकाबाट प्रवाह हुने सेवामध्ये अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेका छौँ ।” जिल्लाका स्थानीय तहहरुमध्ये सबैभन्दा बढी संक्रमित गैँडाकोट नगरपालिकाभित्र रहेका भन्दै उनले निषेधाज्ञाको पूर्ण पालना गर्नसमेत नगरवासीलाई आग्रह गरेका छन् ।
स्वास्थ्य कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का अनुसार जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ४१४ पुगेको छ । स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले सक्रिय संक्रमितमध्ये गैँडाकोट नगरपालिकामा मात्रै १४६ जना रहेका जानकारी दिए । त्यस्तै, कावासोतीमा १०८, विनयी त्रिवेणीमा ५०, मध्यविन्दु र देवचुलीमा ३४÷३४, हुप्सेकोटमा २२, बौदिकालीमा दुई र बुलिङटारमा एकजना सक्रिय संक्रमित रहेको चापागाईंले बताए ।
जिल्लामा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमित थपिएका भन्दै चापागाईंले मङ्गलबार १० जना संक्रमित निको भएको जानकारी दिए । दोस्रो लहरमा कोरोना फैलिएसँगै जिल्लामा चारजना संक्रमितले ज्यान गुमाएका चापागाईंको भनाइ छ । तीव्ररुपमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लामा थप आइसोलेशन केन्द्र निर्माण गर्न स्थानीय तहहरुलाई आग्रह गरिएको उनले बताए ।
हाल जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहमा गरी जम्मा ६१ श्ययाको आइसोलेशन रहेको चापागाईंले बताए । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा १७, हुप्सेकोट गाउँपालिकामा १०, मध्यविन्दु नगरपालिकामा नौ तथा गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, बुलिङ्टार गाउँपालिका, बौदिकाली गाउँपालिकामा ५÷५ श्ययाका आइसोलेशन केन्द्र रहेको चापागाईंले जानकारी दिए । जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकाले भने आइसोलेशन केन्द्र निर्माण गरेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
तनहुँमा चलचित्र निर्माण कार्यशाला
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
के तपाई फिट रहन प्रोटिन पाउडर खानुहुन्छ ? होसियार
बैशाख ३१, २०८१ सोमबार
जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट गरिने
बैशाख ३१, २०८१ सोमबार
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार
भारतमा लोकसभाको चौथो चरणको मतदान जारी
बैशाख ३१, २०८१ सोमबार
मुक्तिनाथ विकास बैंकद्वारा धादिङका विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण
बैशाख ३१, २०८१ सोमबार
हिलाम्य सडकले सवारी आवागमनमा समस्या
बैशाख ३१, २०८१ सोमबार