बेनी–जोमसोम सडकखण्डमा कालोपत्र शुरु
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार २१:३६:२४
२२ वैशाख,गलेश्वर । कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तीमा मङ्गलबारदेखि कालोपत्रको काम शुरु भएको छ ।
मुस्ताङको कोबाङदेखि कैकुखोलासम्मको साढे १५ किलोमिटर सडकखण्डमध्ये खन्तीबाट मङ्गलबारदेखि कालोपत्र गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको प्याकेज नं ३ को ठेकेदार कम्पनि शर्मा गजुरमुखी जेभीका सबइन्जिनीयर सचिन शर्माले जानकारी दिए ।
ठेकेदार कम्पनि शर्मा गजुरमुखी जेभीका सबइन्जिनीयर शर्माले दिएको जानकारी अनुसार रु ५५ करोड ३० लाख १६ हजार ६०१ मा सडक कालोपत्रको जिम्मा लिएको हो । सो सडकमा आक्सपाल्ट प्रविधिको कालोपत्र हुने उनले बताए ।
इन्जिनीयर शर्माका अनुसार साढे १५ किलोमिटर कालोपत्र र एक हजार ३०० मिटर ढलानको जिम्मा लिएको निर्माण कम्पनिले अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति गरेको छ । आगामी असार मसान्तसम्म ठेक्काको काम सक्ने लक्ष्यका साथ कालोपत्रको काम शुरु गरिएको उनले बताए ।
सडकलाई दुई लेन फराकिलो बनाइएको छ । घुम्ती तथा ग्रेड सुधार र नाली निर्माणको काम समाप्त भइसकेको उनले जानकारी दिए । शर्माका अनुसार सडक साढे आठ मिटर फराकिलो गरी कालोपत्र गरिँदै छ । त्यसैगरी, शर्मा गजुरमुखीले नै ठेक्का लिएको प्याकेज नं २ को जलथलेदेखि कैकुसम्मको सडकमा पनि कालोपत्रको तयारी गरिएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ, काभ्रे, घोप्टे भीर र रुप्से झरना क्षेत्र बाहेकका स्थानमा सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी शर्मा गजुरमुखी जेभीले जनाएको छ ।
विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा २०७४ सालदेखि चार प्याकेजमा स्तरोन्नतिको काम भइरहेको छ । पहिलो प्याकेजमा पर्ने गलेश्वर–बेगखोलासम्मको १६ किलोमिटर सडकमा पनि कालोपत्रको तयारी भइरहेको सहायक ठेकेदार कम्पनि ओमकारेश्वर कन्सट्रक्शनका प्रमुख अमृत दाहालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
जेठ १, २०८१ मंगलबार
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार