मुनामा विकासको बाधक बन्यो घुम्ती गोठ
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार २३:३६:१५
२२ वैशाख,गलेश्वर । दक्षिण–पूर्व लमतन्नै पसारिएको भिरालो पाखो । वर्षैं पहिले त्यही पाखोलाई सम्याएर बनाइएका बारीका ठूल्ठूला गह्रा । गह्राको डिलमा डाले घाँस अनि बीचैमा छन् गाई भैंसी बाँध्ने अस्थायी गोठ ।
सिँचाइको सुविधा भएको र जे लगाए पनि राम्रो फल्ने मलिलो माटो भएर के गर्नु रु म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं ३ मुनाको हजारौं रोपनी जग्गा कहीँकतै फाट्ट फुट्टरुपमा आलु खेती बाहेक अरु खेती केही छैन । वर्षेनी जमिन बाँझै पल्टिने गरेको छ । त्यही बाँझो जमिनलाई स्थानीयले गाई भैंसी, गोरु र बाख्रा पाल्ने अस्थायी गोठको रुपमा प्रयोग गर्ने गरेका छन् । यो पनि उनीहरुको घुम्ती गोठ हो ।
करिब छ सय घर परिवारको बसोबास रहेको मुना गाउँको बस्ती भने निकै बाक्लो छ । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट गाडीमा साढे दुई घण्टाको यात्रापछि पुग्न सकिने मुना पाँच वर्ष अघिसम्म अत्यन्त दुर्गम मानिथ्यो । अहिले यातायातको पहुँच पुगेसँगै सुगम त भएको छ, तर स्थानीयको परम्परागत मान्यता र सोचाइमा भने परिवर्तन आउन नसकेको धवलागिरि गाउँपालिका वडा नं ३ का अध्यक्ष पुर्म पुन बताउछन् ।
वडाअध्यक्ष पुनका अनुसार उन्नत तरिकाको खेतीपाती, व्यवसायिक पशुपालन र आयआर्जन मूलक कार्यक्रममार्फत् यस गाउँको विकास गर्न सकिने प्रशस्तै सम्भावनाहरु यहाँ रहेका छन् तर यी सबै सम्भावना केवल सपना मात्र भएका छन् । किनभने यहाँका स्थानीय वासिन्दाहरु खाली जग्गालाई घुम्ती गोठको रुपमा बाहेक अरु कुरामा प्रयोग गर्न मान्दैनन् ।
अध्यक्ष पुन भन्छन् –“घुम्ती गोठ यहाँको विकासका लागि बाधक बनेको छ, गाउँ भरि ८० भन्दाबढी घुम्ती गोठ रहेका छन्, खेती गर्नुपर्ने जग्गालाई बाँझै पल्टाएर घाँस उमारेपछि खाद्यान्न लगायत अन्य बालीमा कहिले आत्मनिर्भर हुन सकिन्छ रु” वडाअध्यक्ष पुनले प्रश्न गरे ।
जनतालाई विकास र आयआर्जनसँग जोड्ने काम त जनप्रतिनिधिको पो हो त भन्ने जिज्ञासामा अध्यक्ष पुनले भने –“माने पो १ परम्परागत कुराहरुलाई छोड्न यहाँका वासिन्दा ज्यान गए तयार छैनन् । प्रविधिको प्रयोग नै गर्दैनन् । सरकारी सेवा सुविधमा विश्वासै छैन, अनि कहाँबाट विकास गर्न सकिन्छ ?”
“हामीलाई यसैमा आनन्द छ, वर्षामा पशुगोठ बुकी (लेक)मा लैजान्छौं, हिउँदमा वेसी झार्छौं, पशु पाल्छौं, दूधमही खान्छौं, यसैगरी यत्रो जीवन बाँचियो, अब मर्ने बेलामा किन नानाभाँति गर्नुप¥यो रु” मुनाका ७९ वर्षिय पमबहादुर पुनले भने।
“खोइ केके जाती हो दिन्छ भन्छन्, पशु गोठ दर्ता गरे र पशु पालन गरे अनुदान हो कि के पाइन्छ पनि भन्छन्, पैसा नभए जग्गा धितो राखेर बैंकले पैसा दिन्छ पनि भन्छन्, तर यी सबै कुरामा हामीलाई चासो छैन, जे छ त्यसैमा खुसी छौं” अर्का ७४ वर्षिय शेरबहादुर पाइजाले भने–“पैसा तिर्न नसके बैंकले जग्गा खाइदिन्छ रे १ गोठ भएका ठाउँमा अरु बाली लगाए हुन्छ हुँदैन ठेगान छैन, त्यसैले बाजे, बराजुको पालादेखि जे चलेको थियो त्यसैलाई हामीले पनि थामेका हौं ।”
कृषि र पशुपालनमा प्रशस्तै सम्भावना भएको यस ठाउँबाट स्थानीयले लाभ लिन नसकेका वडाअध्यक्ष पुन स्वीकाछन् । घुम्ती गोठलाई व्यवस्थित बनाइ त्यहाँ व्यावसायिक कृषि गर्ने सोच भएपछि स्थानीयहरुको बेवास्ताका कारण त्यसो गर्न नसकिएको उनको भनाइ रहेको छ ।
यहाँका युवा पुस्तालाई कृषि र पशुपालनतर्फ कुनै रुचि छैन । उनीहरु वैदेशिक रोजगारका लागि मरिहत्ते गर्छन् । बूढा पुस्ता आफ्नै रैथाने तरिका परिवर्तन गर्न चाहदैनन् । ‘‘गाउँपालिका र वडाले पैसा दिन्छ, अलि फरक तरिकाले पशुपालन गरौं न भन्दा पनि मान्छन्’’ वडाअध्यक्ष पुनले बताए ।
अध्यक्ष पुनका अनुसार यहाँका वासिन्दाको आम्दानीको मुख्य स्रोत भनेकै बैदेशिक रोजगार हो । विदेशबाट आउने रेमिट्यान्सले नै यहाँको दैनिकी धानिएको छ । यहाँको जमिनलाई राम्रोसँग सदुपयोग गर्न सक्ने हो भने रोजगारीका अनेकौं अवसरहरु यहाँ छन् तर ती अवसरहरु त्यतिकै खेर गइरहेका छन् ।
जाडो–गर्मी छल्न पनि घुम्ती गोठकै भर
चिसो बढेसँगै मुना, लुलाङ र गुर्जाका किसानहरुले घुम्ती गोठहरु बेँसी झार्ने गर्दछन् । अब गर्मी शुरु हुन लागेको र गाउँमा कोरोना संक्रमणको जोखिम पनि उच्च रहेकाले उनीहरुले गोठलाई लेक लैजाने तयारी गरिरहेका धवलागिरि गाउँपालिका २ लुलाङका वडा सदस्य मतिप्रसाद पाइजाले बताए । हिमाली जिल्ला म्याग्दीका उच्च वस्तीहरुमा रहेका घुम्ती गोठहरु यतिवेला लेक जाने तयारीमा रहेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।
जिल्लाका लेकाली क्षेत्रहरुमा प्रशस्तै मात्रामा पशुपालन गरिन्छ । निर्वाहामुखी पशुपालन भनिए पनि भेडाबाख्राबाट भने यहाँका किसानले राम्रै आम्दानी पनि गरेका गुर्जाबाट बेनी आउँदै गरेका तमवहादुर विकले मुनामा भने “गर्नेले राम्रै पनि गरेका छन्, भेडाबाख्रा बेचेर वार्षिक रु पाँच लाख कमाउने व्यक्तिहरु पनि पश्चिमी क्षेत्रका लेकाली वस्तीहरुमा भेटिन्छन् ।”
बिकका अनुसार भेँडाबाख्रा, गाई, भैंसी, याक÷चौँरीका लागि गाउँमा घाँसको कमी हुन जान्छ । आहाराको अभावले पशु चौपाया मर्ने समस्या हुनसक्छ, । त्यसैले गर्मी र चिसो छल्नका साथै पशुलाई आहाराको कमी हुन नदिन किसानहरुले चिसोको समयमा घुम्ती गोठहरु बेँसी झार्छन् भने गर्मीको समयमा लेकतर्फ उकाल्ने गर्दछन् ।
विकले दिएको जानकारी अनुसार मुनादेखि माथिका वस्ती (लुलाङ,मुदाी,गुर्जा) का गोठहरुमा झण्डै दुई हजार गाई, भैंसी र गोरु पालिएका छन् भने भेँडी गोठमा झण्डै ८ हजारको हाराहारीमा भेँडाबाख्रा पालिएका छन् । चिसोमा बेँसी झारिएका घुम्ती गोठहरु गर्मी शुरु भएसँगै लेकतिर सारिन्छ । “चिसो महिनामा माथिल्लो क्षेत्रमा रहेका गोठहरु बेँसी सारिन्छ । चैत, वैशाखदेखी बेँसी झारिएका घुम्ती गोठहरु बिस्तारै माथिल्लो क्षेत्रतर्फ सारिन्छन्,” उनले भने।
आय आर्जनसँग जोडिएन पशुपालन
पशुपालन गर्नु एक किसीमले भन्दा दुःखकै पेसा हो तर यति धेरै दुःख गरेर धानिएको यो पेसा आजसम्म पनि आय आर्जनसँग जोडिन सकेको छैन । गोठभरी गाईभैंसी, हलगोरु र भेडाबाख्रा हुँदा पनि घुम्ती गोठका गोठालाहरुको अवस्था भने जस्ताको त्यस्तै छ ।
गर्मीमा उनीहरुको हरमा रहेका कपडाले नै जाडो पनि कटाउने गर्छन् । छोरा, नाति विदेश भएपनि उनीहरु आफ्नै इच्छा र परम्परागत लुगामा नै रमाउन अभ्यस्त छन् । वडाअध्यक्ष पुन भन्छन् “पैसा नभएर पनि होइन, छोरा नाति, अमेरिका, अष्ट्रेलिया छन् । यिनीहरुले जे मागे पनि पु¥याइदिन्छन् तर लगाउँदै नलगाएपछि उनीहरु पनि के गरुन् ?”
धौलागिरि गाउँपालिकाको केन्द्र मुनाको वडा नं ३ को वडा कार्यालयको तल्लोपट्टि मुना–मटला सडकखण्ड मुनिको घुम्ती गोठमा चारवटा गाई गोरु र ३ वटा भैंसी पालेर वस्नु भएका डबहादुर विकले दिन कटाउन सजिलो हुने भएको र (गोरस) दुध, मही खान पाइने भएकोले पशुपालन गरेको बताए ।
यति धेरै पशु पालेर पनि उनले घिऊ मात्र वेच्ने गरेका छैनन् । “दूध विक्रि गर्ने ठाउँ छैन, महि पा¥यो, यसो कहिले काहीँ घिऊसम्म बेचिन्छ” उनले भने “दुःख धेरै छ, आम्दानी त छैन सरोवर ।”
वडाअध्यक्ष पुनले पशुपालक कृषकहरुलाई आयआर्जनसँग जोड्न वडाले पटक पटक गरेको प्रयास पनि उनीहरुकै वेवास्ताका कारण असफल भएको बताए । उनका अनुसार परम्परालाई छोड्न नसक्नु नै यहाँका पशुपालक कृषकहरु आय आर्जनसँग जोडिन नसक्नुको मुख्य कारण हो ।
घुम्ती गोठकै कारण नासिदै छ जैविक विविधता
पश्चिम म्याग्दीका लेकाली जंगल र खर्कहरु जैविक विविधताले भरिएका छन् । यहाँ यार्सागुम्वा, कटुकी, निरमसी, बोधो, सतुवाजस्ता बहुमूल्य जडिबुटी पाइन्छन् । खर्कहरुमा चरिचरन खुला गरिँदा यस्ता बहुमूल्य जडिबुटीहरु पशुचौपायका आहारा बनेका स्थानीय लखबहादुर भण्डारीले बताए ।
त्यसैगरी यहाँ मृग, चितुवा, बनविरालो, बाँदर जस्ता जंगली जनावर र डाँफे, मुनाल, गिद्ध, ढिकुर, तित्रो, उल्लु, चिल जस्ता पंक्षीहरुको वासस्थान पनि रहेको छ । तर गोठ सर्दा मानिसहरु पनि सँगै हुने र उनीहरुले गाउँमा मानिसलाई बोलाएर शिकार गर्ने हुँदा जैविक विविधताका स्रोतहरु पनि नासिदै गएका त्यस क्षेत्रका जनप्रतिनिधिहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
यी ५ बानीले शनिदेव रिसाउँछन्, टाढा रहनुहोस्
बैशाख १४, २०८१ शुक्रबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार