आठ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार २१:४८:५०
२३ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार दिनभरिमा २ सय १६ वटा कम्पनीको १ करोड ५९ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८१ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन शेयरबजारमा जनउत्थान सामुदायिक लघुवित्त, खानिखोला हाइड्रो कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, महिला लघुवित्त, समता घरेलु लघुवित्त, रुरु जलविद्युत, यूनियन हाइड्रो कम्पनी, जोशी हाइड्रोपावर र लक्ष्मी बैंकको शेयरमूल्य ९ प्रतिशत बढिले वृद्धि भएको हो ।
यस दिन जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य ३ हजार ९७२ रुपैयाँ, खानिखोला हाइड्रोको १६५ रुपैयाँ, महिला लघुवित्तको ५ हजार ३० रुपैयाँ, समता घरेलु लघुवित्तको ७३१ रुपैयाँ, रुरु जलविद्युतको ४९९, यूनियन हाइड्रो कम्पनी १८४, जोशी हाइड्रोपावरको १७३ र लक्ष्मी बैंकको प्रतिशेयरमूल्य ३२३ रुपैयाँ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारी वर्षाले जेलभवन भत्काएपछि भागे १०० बढी कैदी
बैशाख १४, २०८१ शुक्रबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार