मुडेमा घरबास सञ्चालन गर्ने तयारी
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार २१:२९:२२
२३ वैशाख,खोटाङ । स्थानीयस्तरमा रोजगारी अभिवृद्धि गर्दै पर्यटन प्रवद्र्धनको दिगो विकास गर्ने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेमा घरबास सञ्चालनको पहल थालिएको छ । घुम्न तथा दृश्यावलोकन गर्न आउने पर्यटकलाई आफ्नो घर वा समुदायमा निजी वा सामूहिकरूपमा आवास, खाना र अन्य सेवा प्रदान गर्दै स्थानीय बासिन्दाको आर्थिक आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले मुडेमा घरबास सञ्चालनको पहल थालिएको हो ।
घरबास सञ्चालनका लागि प्रारम्भिक चरणअन्तर्गत मुडे तथा आसपासका स्थानीय बासिन्दालाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्राविधिक सहयोग र नगरपालिकाको प्रवद्र्धनमा खोटाङ उद्योग वाणिज्य संघले एकहप्ते घरबास तालिमसमेत प्रदान गरेको छ । नगरपालिकाभित्र पर्ने पर्यटकीयस्थलमा होटल व्यवसाय गरिरहेका व्यवसायी एवम् इच्छुक स्थानीय बासिन्दालाई सहभागी गराएर सञ्चालन गरिएको तालिममा ४० जनाको सहभागिता थियो ।
घरबास तालिममा बुइपा–महुरे–नुनथला–हुर्लुङ–मुढे–तालखर्क–भुलभुले जोड्ने सडक आसपासका स्थानीय होटल व्यावसायी एवं इच्छुक स्थानीय बासिन्दालाई सहभागी गराइएको वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईले बताए । बुइपामा निर्माणाधीन यलम्बर उद्यान, महुरेगढी, नुनथला, हुर्लुङ, रुपाकोट दृश्यावलोकन स्तम्भ, मझुवागढी, पेनटावर, भुलभुले दूधकुण्डलगायतका पर्यटकीयस्थल आसपासमा रहेका घरबासको सम्भावनालाई ध्यान दिएर तालिमको आयोजना गरिएको हो ।
तालिममा सहभागीलाई पर्यटन र पर्यटकसम्बन्धी आवश्यक जानकारी, घरबास सञ्चालन तथा व्यवस्थापन, पाहुनाको स्वागत र सत्कार, सरसफाइ, स्थानीयस्तरमा उत्पादन हुने खाद्य तथा पेय सेवा, खाद्य उत्पादन तथा नियन्त्रण, प्राथमिक उपचार तथा लागुऔषध, आचारसंहिता र स्थानीय पर्यटकीय गतिविधि योजना तथा बजारीकरणलगायतका बारेमा जानकारी दिइएको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानमा घरबास व्यवस्थापन तथा स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थको उपयोग गरी पर्यटकलाई पारिवारिक वातावरणमा सत्कार र सेवा उपलब्ध गराउँदै स्थानीय कला, संस्कृति तथा पर्यटकीय गतिविधिसम्बन्धी आवश्यक जानकारी गराउन र समग्रमा पर्यटकलाई गुणात्मक सेवा प्रदान गर्न घरबास तालिम उपलब्धिमूलक भएको अनुमान गरिएको छ ।
घरबासको अर्थ पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो घर वा समुदायमा निजी वा सामूहिकरूपमा सञ्चालन गरिएको सेवा भन्ने बुझिन्छ । घरबासले ग्रामीण क्षेत्रका स्थानीय जनतामा स्वरोजगार सिर्जना हुने र आम्दानी वृद्धिको माध्यमबाट स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन टेवा पुग्ने भएकाले पहिलो चरणमा मुडेडाँडामा बुद्धिष्ट संस्कारसँग आधारित घरबास सञ्चालनको पहल थालिएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।
प्राकृतिकरूपमै पर्यटकीय क्षेत्र रहेको मुडेमा नगरपालिकाको पहलमा घरबास सञ्चालन हुने भएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब ४५ मिनेट पैदल उक्लेपछि पुगिने मुडेडाँडा पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको स्थानमा पर्दछ ।
समुन्द्री सतहदेखि करीब दुई हजार २०० मिटर उचाईमा पर्ने पर्यटकीयस्थल मुडेबाट सर्वोच्च शिखर सगरमाथा तथा उच्च हिमाली भेगका साथै तराईका फाँटको दृश्यावलोक गर्न सकिन्छ । घाम झुल्केको तथा अस्ताएको दुवै देख्न पाइने मुडेडाँडामा तामाङ र शेर्पा जातिको बाक्लो बस्ती छ ।
दश स्थानीय तह रहेको जिल्लामा यसअघि विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा पनि घरबास सञ्चालनको पहल थालिएको थियो । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी दर्शन तथा अवलोकन गर्न आउने तीनवटै धर्मालम्बीलाई लक्षित गरेर छुट्टाछुट्टै घरबास सञ्चालनको पहल थालिएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित तल्लो माल्खुमा किराँत र माथिल्लो माल्खुमा हिन्दु तथा ऐंसेलुखर्कमा किराँत संस्कारमा आधारित घरबास सञ्चालनको तयारी गरिएको हलेसी विकास समितिका अध्यक्ष टंक राईले बताए । “तीनवटै ठाउँमा छुट्टाछुट्टै समिति गठन गरेर घरबास सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ”, पूर्व सांसदसमेत रहेका अध्यक्ष राईले भने, “घरबास व्यवसायले स्थानीय उत्पादनको प्रवद्र्धन हुनाका साथै स्थानीय बासिन्दालाई आत्मनिर्भरताको बाटोमा डोहो¥याउने अपेक्षा गरिएको छ ।”
माथिल्लो माल्खुमा यसअघि नै व्यवसायिकरुपमा गाई, स्थानीय जातका कुखुरा, टर्की, परेवालगायत पशुपन्छी पालन तथा तरकारी खेती गर्दै आएका सुवीन्द्र गिरीको अध्यक्षतमा समिति गठन गरेर आवश्यक संरचना निर्माणको काम भइरहेको छ । त्रिधार्मिकस्थल हलेसीबाट ककनी मन्दिर जाने बाटोमा पर्ने २२ घर क्षेत्री÷बाहुन समुदायको बस्ती रहेको माथिल्लो माल्खुमा हिन्दू संस्कारअनुसार बालन, सङ्गिनी, चुट्कालगायतका नाच सिक्ने÷सिकाउने कामसमेत भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो हावा र पानीले प्रसिद्ध 'नरपानी डाँडा'
बैशाख ३१, २०८१ सोमबार
बाँकेका होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल
बैशाख ३१, २०८१ सोमबार
सगरमाथा आरोहणमा कामीरिताको नयाँ रेकर्ड
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार