एमालेको विवाद सामाधन उन्मुख
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १९:२:६
२४ वैशाख, काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने बटमलाइन बनाएका छन् । नेता नेपालले आफूहरू पार्टी एकताको पक्षमा रहेको र त्यसका लागि लचकता अपनाउन पनि तयार रहेको भन्दै अध्यक्ष ओली पनि त्यसका लागि तयार हुनुपर्ने धारणा राखेका छन् ‘२०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो,’ उनले कार्यकर्ताहरूलाई आग्रह गरेका छन्, ‘यससम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअलमलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौं ।’ नेपालले यसो भनेपछि ओली र मध्ये कसले त्याग गर्ने भन्ने प्रश्न उठेको छ ।
एमालेको आन्तरिक विवाद व्यवस्थापनमा राष्ट्रपति विद्या भण्डारी निर्णायक छलफल गराएपनि नेपालले शुक्रबार विहान सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै कुनै पनि सहमति नभएको जनाएका छन् । उनले विहिबार मध्येरातीसम्म प्रधानमन्त्री ओली माधव नेपालबीच छलफल गराएर पार्टी विवादलाई सहमति उन्मुख गराएकी थिइन् । दुवै नेताहरुले अब आफ्ना व्यक्तिगत कुराकानी नगर्ने पार्टी विवाद मिलाएर लैजाने र सबैलाई मान्य हुने गरी विवाद निरुपण गर्ने गरी मध्यराती कुराकानी टुग्याएका थिए ।
राष्ट्रपतिकै उपस्थितिमा करिब करिब साढे दुई घण्टा ओली नेपालबीच कुराकानी भएको थियो । तर कुराकानीचाहि विगतमा भएका सबै विषयलाई निर्मम ढंगले उठाइएको र केही समय दुवै नेताहरु आफ्नो अडानमा कायम रहेपनि राष्ट्रपतिले पार्टी तपाइहरु दुई नेताहरुको मात्रै हो यो तपाइहरुको व्यक्तिगत कुराकानी सक्नुस अब वृहत्तर कुराकानी गर्नुस यत्रो पार्टी कसले बनायो तपाईहरु दुई जनाले बनाएको होइन यही दुवै जना मिलेर पार्टीलाई तहसनहस पार्ने यसले राजनीतिक भविष्य बोकेका नेताहरुलाई कहाँ पुर्याउछ भन्दै राष्ट्रपतिले मिल्न दबाब दिएकी थिइन ।
तर, नेपालले एमाले पार्टी आफूहरूले निर्माण गरेको भन्दै नेता नेपालले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध पार्टी गठन गर्न आफूहरूले चाहेको बताउदै आफूले कुनै पनि सहमति नगरेको बताएका छन् । आहिले उनीहरु दुवै जनाले पार्टी कार्यालयलमा छलफल गर्ने भएका छन् । ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन,’ उनले भनेका छन्, ’२०७७ फागुन २८ गते र तत्पश्चात् बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ’ वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेका प्रधानमन्त्री ओलीले पार्टीभित्रको झलनाथ खनाल–नेपाल समूहसँग निरन्तर छलफल गरिरहेका छन् ।
नेता नेपालले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् भने उनी पक्षका नेताहरूले ओली पक्षका नेताहरूलाई भेटेका छन् । विष्णु पौडेलले योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायत नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले पनि भुसाल र भट्टराईसँग छलफल गरेका छन् । यसैबीच प्रधानमन्त्री ओली र नेता नेपालबीच छलफल हुने तयारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । ओलीनिकट नेताहरूका अनुसार शुक्रबार दुवै नेताबीच छलफल हुने तय भएको थियो ।
तर, नेता नेपालको सचिवालयले भने ओलीसँगको भेट तय भइनसकेको जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर शितलनिवास पुगेका माधव नेपाल करिब चार घण्टा त्यही बसेर छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओली पनि १० बज्दा नबज्दै शितलनिवास पुगेका थिए । दुवै नेताहरुवीच करिब करिब साढे दुई घण्टा छलफल भएको थियो । ‘सायद आजै नै सहमति हुन्छ अब करिब करिब सहमति भैसकेको अवस्था हो’, ओेली निकट स्रोतले भन्यो ।
ओली शितल निवास पुग्नु अघि राष्ट्रपति भण्डारीले एमाले नेता माधव नेपालसँग शीतल निवासमा भलाकुसारी गर्दैगर्दा प्रधानमन्त्री ओलीले माधव पक्षका प्रभावशाली दुई नेता घनश्याम भूसाल र योगेश भट्टराईसँग बालुवाटारमा वार्तारत थिए । प्रधानमन्त्री शितल निवास गएपछि पनि दोस्रो तहका नेताहरु वालुवाटारमै बसेर छलफल गरेका थिए । राती साढे ११ सम्म चलेको दुवै पक्षका नेताहरुबीच छलफल चलेको थियो ।
प्रधानमन्त्री फर्केपछि मात्रै राती भूषाल र भट्टराई वालुवाटारबाट फर्केका थिए । ‘एमालेको विवाद आज दिनभरीमा टुग्याउने गरी विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालसँग विहीवार मध्यरातिसम्म छलफल गरेकी हुन यसले आजै दिउसो निकास निस्कनेछ’, वालुवाटार स्रोतले भन्यो । निर्णायक भनिएको छलफल राति १२ बजेसम्म नै चलेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार