गण्डकी प्रदेशलाई स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १९:३३:५४
२४ वैशाख,कास्की । गण्डकी प्रदेश सरकारलाई नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाईले आज निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरलाई लक्ष्मी हुन्डाईका प्रबन्धक भीमसिंह खत्रीले कोरोना उपचारका बेला स्वास्थ्यकर्मीलाई अत्यावश्यक दुई हजार सेट पिपिईलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र संक्रमण रोकथाममा मद्दत पुगोस् भनेर हुन्डाई मोटर्स कम्पनी दक्षिण कोरियाको सहयोगमा रु ५० लाख मुल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रबन्धक खत्रीले जानकारी दिए ।
हुन्डाईले गत वर्ष प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा रु एक करोड र ‘फिभर क्लिनिक’ स्थापनाका लागि पनि सहयोग उपलव्ध गराएको थियो ।
कार्यक्रममा सामाजिक विकासमन्त्री पुनले सार्वजनिक तथा निजी सङ्घसंस्थाको सहयोग र सहकार्यबाट सरकारले नागरिकलाई कोरोनाबाट बचाउने कार्य गर्दै आएको जनाउँदै हुन्डाई कम्पनीले स्वास्थ्यकर्मीले प्रयोग गर्ने गरी पिपिई सेट उपलब्ध गराएकामा आभार व्यक्त गरे । उनले प्राप्त सामग्रीको सही सदुपयोग गरिने विश्वास दिलाए ।
गण्डकी प्रदेशमा कोरोना संक्रमण वृद्धि भएसँगै अक्सिजन सिलिन्डरको अभाव भएकाले सहयोगी संस्थाबाट सहयोगको अपेक्षा सरकारले गरेको उनले बताए । उनले भने, “गण्डकी प्रदेशमा अक्सिजन प्लान्ट रहे पनि सिलिन्डरको अभाव रहेको छ, सरकारको बजेट प्रयोग गरेर खरीद गर्दा लामो प्रक्रियामा जानुपर्ने हुन्छ, त्यसैले तत्कालका लागि सहयोगी संस्थाबाट हामीले सिलिन्डर सहयोगको अपेक्षा गरेका छौँ ।”
मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले पिपिई सेट आवश्यकताका आधारमा प्रदेशका ११ वटै जिल्लाका स्वास्थ्य संस्थामा खटिएका स्वास्थ्यकर्मीका लागि उपलब्ध गराइने जानकारी दिए । मन्त्रालयले प्राप्त स्वास्थ्य सामग्री तत्कालै जिल्लाहरुमा पुग्ने व्यवस्थाका लागि प्रदेश आपूर्ति व्यवस्थापन कार्यालयलाई हस्तान्तरण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार