सुरु भो ओलीको ओरालो यात्रा
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार २१:१०:३५
२४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सत्ता यात्रा ओरालो लागेको छ । यसको छनक हिजोबाटै मिलेको देखिन्छ । वैशाख २७ गतेका लागि विश्वासको मत लिने निर्णय गर्दा ओली जति बलशाली थिए, पछिल्लो चरणमा त्यो शक्ति क्षयीकरण भएको अनुभूति हुन थालेको छ ।
त्यसैले ओली विश्वासको मत पाउन अहिले विपक्षी नेताको घरदैलो नै गर्न थालेका छन् । अस्ती मात्रै उनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास गएरै पक्षमा मत मागे । त्यो नपाए अर्ली इलेक्सनमा जाने वातावरण तयार गर्न याचना गरे ।
यति गर्दासम्म ओली बलियै देखिन्थे । किनभने उनलाई विश्वास के थियो भने नेकपा एमालेको सबै भोट एकीकृत रहन्छ, नपुग भोट जनता समाजवादी दलको महन्थ ठाकुर पक्षले जुटाउँछ । तर परिस्थितिले कोल्टे त्यतिबेला फे¥यो । जब माधव नेपाल पक्षले विपक्षीहरुसँग महागठबन्धन बनाउन सफलता पाए ।
ओलीको सबैभन्दा ठूलो प्रतिष्ठाको विषय राष्ट्रियसभा निर्वाचन बन्न पुगेको छ । नेकपा माओवादी केन्द्र त्यागेर ओलीको पक्षमा आएका रामबहादुर थापा बादललाई उनी जसरी पनि पुन निर्वाचित गराउन चाहन्छन् । माओवादी छाडेर आएकाहरुको संरक्षण गर्छु भन्ने सन्देश दिनका लागि यो मुद्धा ओलीका लागि प्रतिष्ठाको विषय बन्न पुगेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देखाउनकै लागि भएपनि बादललाई जिताउनुपर्ने बाध्यता उनका सामु छ । तर माधव नेपालको गठबन्धनले उनको प्रयास कमजोर देखिएको छ । यथास्थितिमा निर्वाचनमा जाँदा बादलको पराजय सुनिश्चित देखिन्छ । किनभने महागठबन्धनले उठाएका माधव नेपालका उम्मेदवार डा. खिमलाल देवकोटा बलिया उमेदवार बनेका छन् । डा. देवकोटाले नेपाली कांग्रेस, माओवादी, जसपाको मात्र नभई एमालेको समग्र भोट पाउने अवस्था देखिन्छ । किनभने बादलको तुलनामा डा. देवकोटालाई रुचाउनेको संख्या एमालेमा बढी रहेको छ ।
यो अवस्था देखिएपछि हिजो दिनभरि नै प्रधानमन्त्री ओलीले नेपाल पक्षलाई फकाउने प्रयास ग¥यो । नेपाल पक्षका घनश्याम भूषाल र योगेश भट्टराईसँग मध्यरातसम्म ओली आफैं गफिए । उता, माधव नेपाललाई फकाउन राष्ट्रपति विद्यादेवी भण्डारीको प्रयोग गरिन् । एक्लाएक्लै भेटेका ओली र नेपाल पछि राष्ट्रपतिकै उपस्थितिमा त्रिपक्षीय छलफलमा जुटेका थिए ।
त्यहाँ राष्ट्रपति भण्डारीले दुबै नेताका कारण पार्टी विभाजनको डिलमा पुगेको भन्दै मिल्न दबाब दिइन् । त्यो सब ओलीकै डिजाइनमा राष्ट्रपति बोलेको नेता नेपालले नबुझ्ने कुरै भएन । त्यसैले कुनै सहमति हुने अवस्था रहेन । तर राति नै देखि ओली पक्षले भने माधव नेपालको माग पूरा गर्न प्रधानमन्त्री तयार भएको र सहमति नै जुटेको हल्ला फिंजाए । त्यसको खण्डन नेता नेपालले बिहानै सामाजिक सञ्जालमार्फत गर्नु प¥यो ।
ओलीको चाहना जसरी भएपनि बादललाई राष्ट्रियसभामा पु¥याएर आफू सबैभन्दा शक्तिशाली छु भन्ने सन्देश दिनु थियो । तर माधव नेपालले ओलीको चालबाजी बुझेर त्यसो गर्न दिएनन् । बरु उनले बिहानै आफ्ना उम्मेदवार डा. देवकोटालाई हेटाैँडा जान भने । डा. देवकोटाले उम्मेदवारी दर्ता गरिसक्दासमेत वालुवाटारले आफ्नो उम्मेदवार तय गर्न सकेको थिएन् । जब नेपालसँग कुरा नमिल्ने निश्चित भयो अनि मात्रै ओलीले पूर्ववतः निर्णय बमोजिम बादललाई नै उम्मेदवार बनाए । सरकारी कोषको दुरुपयोग गरी हेलिकोप्टोर चढेर उनी उम्मेदवारी दर्ता गर्न हेटाैँडा पुगे ।
यो सबै प्रकरणले के देखिन्छ भने अब वैशाख २७ गते ओलीको सत्ता यात्रा टुंगिनेवाला छ । किनभने माधव नेपाल पक्षसँग अब ओलीले कुनै छलछाम गर्ने अवस्था पार भइसक्यो । यद्यपि अझै ओलीले प्रयत्न नगर्लान् भन्ने लाग्दैन । तर राष्ट्रियसभा प्रकरणमा नेता नेपालले लिएको अडानले भोलिको समेत दृश्य पटाक्षेप गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार