नुवाकोटमा दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार २३:३७:५८
२४ वैशाख,त्रिशूली । नुवाकोटको ककनी गाउँपालिका–२ मा अवस्थित ‘हाम्रो अक्सिजन ग्याँस उद्योग प्राली’ले दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको छ । हाल उद्योग चौबिसैघण्टा निरन्तर सञ्चालन गरेर दैनिक सातसय ठूलो सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको प्रालीका सञ्चालक प्रदीपकुमार सेढाईले जानकारी दिए ।
उनका अनुसार कम्पनीको क्षमता आठसय सिलिण्डर गर्नसक्ने भएपनि विद्युत आपूर्तिमा हुने गरेको गढबढीका कारण केही क्षमता भन्दा केही कम उत्पादन भएको हो । कम्पनीको अनुसार एक सिलिण्डरमा ४७ लिटर अक्सिजन भर्ने गरिएको छ । “यसअघिका दिनमा उत्पादन गरिएका अक्सिजन अस्पताल सहित अन्य उद्योग तथा कलकारखानामा समेत उपलब्ध गराउदै आएकोमा यही वैशाख २० गते बसेको उद्योगको सञ्चालक समितिको बैठकले हाल कोरोना संक्रमित बिरामीको लागि देशभर अक्सिजनको अभाव भएसगैँ अस्पताल र बिरामीको लागी मात्रै उपलब्ध गराउने निर्णय गरेको छ ।” उनले भने “कम्पनीबाट यसअघि कोही कसैले लगेर खाली बनाएर राखेका खाली सिलिण्डरको खोजी र मौजुदा राखेको भए संक्रमण अवधिको लागी कम्पनीलाई नै उपलब्ध गराउन अपिल गरेको छ ।”
कोरोना सक्रमित बिरामीको लागी एक दिनमा ठूलो सिलिण्डर करिब एकवटा प्रयोग हुने भएकाले जिल्लाको लागि अक्सिजनको माग पूरा भएपछि काठमाडौ लगायत माग भएर आएका अस्पतालमा पठाउने उद्योगका अध्यक्ष नवराज पाण्डेले जानकारी दिए । उनका अनुसार हाल कोरोना रोगको संक्रमणको दरमा भैरहेको बृद्धि र उपचारको लागि अक्सिजन सहितको सेवा अत्यावश्यक रहेको समयमा चौबिसै घण्टा उद्योग चलाएर अधिकतम सेवा प्रवाहमा केन्द्रित गरिएको छ ।
ककनीमा रहेको अक्सिजन उद्योगको लागी यहाँको देवीघाट स्थित सवस्टेशनबाट लगिएको प्रशारण लाइनको विद्युतमा दैनिक जसो हुने गढबढीको कारण लक्ष्य अनुसार उत्पादनमा भने कठिन देखिएको छ । “उद्योगको क्षमता अनुसार उत्पादन गर्न सकिएको छैन, नियमित विद्युत् आपूर्ति भएमा प्रतिदिन नौ सय सिलिण्डर उत्पादन गर्न सकिन्छ ।” अध्यक्ष पाण्डेले भने, “विद्युत्मा रहेको समस्या समाधानका लागी पहल गर्न जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रलाई अनुरोध गरेकाले समस्या समाधान भएमा उत्पादन बृद्धि गर्दै लैजान्छौ ।”
चारहजार २०० सिलिण्डिर मौज्दात
उद्योगसंग रहेका ४७ लि। क्षमताको पाच हजार ठूला सिलिण्डर मध्ये हाल चार हजार २०० सिलिण्डर चालु अवस्थामा छन् । कोरोना बिरामीको लागि अन्य बिरामीको भन्दा अक्सिजन बढी खपत हुने भएकाले ठूला सिलिण्डर नै प्रयोग गर्नुपर्ने देखिएको छ । सक्रमित बिरामीको लागि प्रतिघण्टा दश लिटरसम्म अक्सिजन आवश्यक पर्ने चिकित्सकहरुको भनाइ छ ।
दम तथा अन्य प्रकृतिका बिरामीको लागी प्रयोग गर्ने गरेको १० लि। क्षमताका ३५० वटा र १५ लि। क्षमताको ५० सिलिण्डर पनि उद्योगसँग मौज्दात रहेको अध्यक्ष पाण्डेले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमित बिरामीको लागी भने ठूलो सिलिण्डर नै आवश्यक पर्ने भएकाले कम्पनीले ठूलो सिलिण्डरलाई प्रथामिकता दिएर रिफिल गर्दै आएको छ ।
कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले बिरामी तथा अन्य प्रयोजनको लागि लगिएको सिलिण्डर भएमा त्यसलाई खाली नराख्न र आफूलाई सिलिण्डरको आवश्यकता नभए हाल कोरोना रोगको महामारीको समयभरका लागी कम्पनीलाई नै उपलब्ध गराउन आग्रह गरेको छ । ४७ लिटर क्षमताको ठूलो अक्सिजन सिलिण्डरलाई रु पाँचसय शुल्क तोकिएको उद्योगले जनाएको छ । उक्त उद्योग दशवर्ष अघि ३२ लगानीकर्ताले रु १५ करोडमा सुरु गरेका थिए ।
अक्सिजन अभाव छैन : त्रिशूली अस्पताल
त्रिशूली अस्पतालसंग आफ्नै अक्सिजन उद्योग भएका कारण अक्सिजनको अभाव छैन । अस्पतालको अक्सिजन उद्योग मार्फत ६४ वटा प्वाइन्टमा बनाएर बिरामीको श्ययासम्म पाइप मार्फत अक्सिजन उपलब्ध गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा दिपेन्द्र पाण्डेले जानकारी दिए । उनको अनुसार अस्पतालले उद्योगमा कम्प्रेसर उपकरण जडानको प्रक्रियामा रहेकाले एक महिनाभित्रै व्यावसायिक उत्पादन ९सिलिण्डरमा भरेर कारोबार गर्ने० थाल्न लागिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार
बागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार