नेपाली कांग्रेस आन्तरिक रणनीतिमा
नेपालबहस संवाददाता
बैशाख २५, २०७८ शनिबार १५:४४:२६
२५ वैशाख, काठमाडौं । एमाले विभाजन रोक्न प्रयास भइरहेका बेला नेपाली कांग्रेस आन्तरिक रणनीतिमा जुटेकाे छ । कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । विपक्षी अन्य पार्टी र एमालेको माधव नेपाल पक्षलाई समेत समेटेर प्रधानमन्त्री केपी ओलीलाई सत्ताच्यूत गर्ने प्रयासमा कांग्रेस छ । यसकै लागि दलको बैठक बोलाइएको हो ।
सङ्घीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूची रहेको छ । प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।
यता प्रधानमन्त्री ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सामान्यतया सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ ।शनिबार बोलाइएको बैठक एकप्रकारले आकस्मिक जस्तै रहेको एक मन्त्रीले बताए ।
ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने नजाने बताइएको छ । तर संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित भएर निर्णय गर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार
२८ सहसचिव, ८ उपसचिव र ११ जना शाखा अधिकृतको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
'डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत
बैशाख १४, २०८१ शुक्रबार