लुकाएर राखेका सिलिन्डर खोज्न प्रहरी परिचालन
नेपालबहस संवाददाता
बैशाख २५, २०७८ शनिबार २१:४५:३
२५ वैशाख, झापा । लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न यहाँ प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ । मेडिकलबाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताए ।
कोभिड–१९ महामारीको दोस्रो लहरले संक्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेको छ । विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिन्डर सङ्कलन गरी डिलरमा पु¥याएको छ । दमकको मातृका ट्रेडर्स र विर्तामोडको कपुरी ब्रदर्स तथा जलकन्या ट्रेडर्समा ती सिलिन्डर रिफिलका लागि पठाइएको थापाले जानकारी दिए । उनले प्रयोगविहीन र लुकाइएका अक्सिजन सिलिन्डरको खोजी कार्य जारी रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्कलन गरिएका सिलिन्डर निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने जनाए । “जुन अस्पतालमा अक्सिजन अभाव हुन्छ, त्यहीँ उपलब्ध गराउँछौँ”, प्रजिअ तिम्सिनाले भने, “अक्सिजन अभावमा संक्रमिततलाई सकस नहोस् भनेर उद्योगधन्दाका सिलिन्डर सङ्कलन गर्न थालेका हौँ ।” जिल्लामा आइसोलेशनमा रहेका सक्रिय संक्रमितको सङ्ख्या एक हजार २०३ रहेको छ । मेची प्रादेशिक अस्पतालमा रहेको ७५ श्ययाको कोभिड अस्पतालमा ५० श्यया सङ्क्रमितले भरिसकेको छ ।
अस्पतालको अनुगमन
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालको अनुगमन शुरु गरेको छ । प्रजिअ तिम्सिनाले निजी तथा सरकारी अस्पतालको अनुगमन गरेर त्यहाँ भर्ना भएका कोरोना सङ्क्रमितको उपचार अवस्थाका बारेमा जानकारी लिइएको बताए। यहाँ ४०० आइसोलेशन कक्षको व्यवस्था रहेको उनले जानकारी दिए । मेची कोभिड अस्पतालमा ७५ श्यया आइसोलेशन र २५ श्यया एचडयू रहेको उनले बताए । त्यसैगरी बी एन्ड सी हस्पिटलमा २५ श्ययाको आइसियु तथा भेन्टिलेटर र ७५ श्ययाको आइसोलेशन वार्ड सञ्चालनमा छ । मनमोहन सामुदायिक अस्पतालमा अक्सिजनसहितको १० र विर्तासिटी अस्पतालमा २५ श्ययाको कोभिड उपचार कक्ष रहेको छ ।
मनमोहन सामुदायिक अस्पतालबाहेक अरू अस्पतालको कोभिड उपचारका लागि छुट्याइएका आइसोलेशन श्यया सङ्क्रमित बिरामीले भरिएका छन् । आइसियु र एचडियुसमेत भरिएका छन् । प्रजिअ तिम्सिनाले जिल्लाका १५ स्थानीय तहले पाँचदेखि ५० श्ययासम्मका कोभिड ओइसोलेशन कक्ष स्थापना गरेको हुँदा तत्काल जिल्लामा सङ्क्रमितका लागि श्ययाको अभाव नरहेको बताए ।
उनले अनुगमनका क्रममा निजी अस्पताललाई आवश्यकताअनुसार अक्सिजनसहितका श्यया थप गरी सङ्कटका बेला सरकारलाई सहयोग गर्न आग्रह गरिएको बताए । मेची प्रादेशिक कोभिड अस्पतालमा भने जनशक्तिको अभाव रहेको उनको भनाइ छ । “मेचीमा जनशक्ति अभाव छ”, उनले भने, “प्रदेश सरकारलाई जनशक्ति थपका लागि माग गरेका छौँ, जिल्लामा सकेसम्म जनशक्तिदेखि स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षण सामग्रीमा कुनै अभाव हुन दिँदैनौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
चिसो हावा र पानीले प्रसिद्ध 'नरपानी डाँडा'
बैशाख ३१, २०८१ सोमबार
मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री, जसपाले पठायो तीन जनाको नाम
बैशाख ३१, २०८१ सोमबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
बैशाख ३१, २०८१ सोमबार