भीमेसनको शिलामा पसिना आयाे, अनिष्ट हुने संकेत !
नेपालबहस संवाददाता
बैशाख २५, २०७८ आइतबार ०:४६:१०
२५ वैशाख, दोलखा । प्रसिद्ध भीमेश्वर मन्दिरका शिलामा एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ । आज मध्याह्न १२ बजेर १५ मिनेटदेखि १ बजेर ३० मिनेट जाँदासम्म शिलामा पसिना आएको स्थानीय समाजसेवी भरत प्रधानले जानकारी दिए । यसपटक शिलाको बायाँ र बीच दुवै भागमा पसिना आएको उनले बताए । बायाँ पसिना आउँदा अनिष्ट हुने बताइएकाे छ । भीमेश्वरलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सङ्ख्यामा स्थानीयबासी र श्रद्धालु भक्तजन भेला भएका थिए ।
भीमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै ‘कुनै अनिष्ट नहोस्’ भनेर कामना गर्ने र शिलालाई चमरले हम्किने चलन छ । भीमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टासहित सबै प्रकारका बाजा बजाइन्छ । पसिना आएको खबर सार्वजनिक हुनासाथ दर्शनार्थी मन्दिर परिसरमा पुगेका थिए ।
शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ । साथै शिलाको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउने प्रचलन छ । पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउनका लागि जिल्ला प्रशासन कार्यालयले जानकारीसमेत गराइसकेको छ । आइतबार राष्ट्रपति कार्यालयलाई भीमेश्वरको महाप्रसाद पठाइने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
शिलामा पसिना आएपछि प्रजिअलगायत सुरक्षा निकायका प्रमुख मन्दिर परिसरमा पुगेका थिए । भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समितिहरुसँग बैठक राखेर राष्ट्रप्रमुखसमक्ष महाप्रसाद पठाउने चलनअनुसार आइतबार राष्ट्रपति कार्यालयमा प्रसाद पठाइने निर्णय गरिएको बताइएको छ । महाप्रसाद लिएर सहायक प्रमुख जिल्ला अधिकारी, गुठियार, सल्लाहकार र जनप्रतिनिधिसहितको टोली आइतबार नै राष्ट्रपति कार्यालयमा जाने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
बैशाख १४, २०८१ शुक्रबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
पौन २ केजी सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार