रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार २३:१५:२४
२६ वैशाख,कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाद्वारा सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको हो ।
कोभिड–१९ को दोस्रो लहरका कारण लामो समयदेखि रक्तदान कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको उपशाखाका सभापति वेदप्रसाद न्यौपानेले जानकारी दिए । कोभिडका कारण रक्तदानका कार्यक्रम गर्ने अवस्था अहिले नरहेको र पुनारो मौज्दात रगत समेत सकिएको उनले बताए । “अहिले रक्तदानका कार्यक्रम गर्ने अवस्था छैन्, तर रगतको माग भने दैनिक रुपमा बढेको छ” सभापति न्यौपानेले भने – “बिरामीका लागि रगत पु¥याउन मुस्किल भएको छ ।”
रगतको अभाव हुँदा रगत आवश्यक पर्ने बिरामीलाई समस्या सिर्जना भएको छ । रगतको माग धेरै रहेको र आपूर्ति सोही अनुपातमा नहुँदा समस्या भएको सभापति न्यौपानेले बताए । कावासोतीको रक्त सञ्चार केन्द्रमा सङ्कलन भएको रगत, नवलपुरका अस्पतालदेखि चितवनका अस्पतालमा उपलब्ध गराउने गरिएको छ । अहिले कतैबाट रगतको माग भएमा दिने अवस्था नभएको उनले बताए ।
अहिले रगतको माग हुँदा व्यक्तिगत रुपमा रक्तदातालाई सम्पर्क गरी व्यवस्थापन गर्ने गरिएको उनले बताए । कोभिडका कारण रक्तदान कार्यक्रम गर्ने अवस्था नभएपछि अहिले व्यक्तिगत रुपमा दाताहरुलाई रगत दानका लागि बोलाउने गरिएको छ । समूहमा नभई एक÷एक जना गरेर रगतदानका लागि आह्वान गरिएको सभापति न्यौपानेले बताए ।
व्यक्तिगत रुपमा रक्तदान गर्न चाहनेलाई सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर एकएक जना मात्रै गरेर रक्तदान गर्न सकिने व्यवस्था गरिएको छ । उनका अनुसार निषेधाज्ञाका कारण रक्तदातालाई रक्तसञ्चार केन्द्रसम्म आउन असहज नहोस् भनेर सुरक्षा निकाय र प्रशासनसँग समेत समन्वय गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार
नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने
बैशाख १५, २०८१ शनिबार
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
बैशाख १५, २०८१ शनिबार
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै
बैशाख १५, २०८१ शनिबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार