स्वास्थ्यकर्मी संक्रमित हुँदा दैनिक उपचारमा समस्या
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ सोमबार ०:३:३३
२६ वैशाख,धादिङ । धादिङ अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० जना स्वास्थ्यकर्मीहरू कोरोना संक्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको छ । नौ दिनसम्म लगातार २४ घण्टासम्म काम गर्दा थकित भए पनि काम नरोकेको धादिङ अस्पतालका स्वास्थ्य सहयोगी कृष्णलाल उप्रेतीले बताए ।
पालोदिने स्वास्थ्यकर्मी नभएकोले ९ दिनसम्म २४ घण्टा खटिनुपरेको उप्रेतीको भनाइ छ । धादिङ अस्पतालमा हाल दुई स्वास्थ्यकर्मीले ९ दिनदेखि लगातार बिरामीको उपचार गरिरहेका छन् । फिभर क्लिनिकमा आउने र एमर्जेन्सीमा आउने बिरामीका लागि खटिँदा थकित भएका स्वास्थ्यकर्मी महामारीको समयमा सेवा गर्न पाउँदा खुशी छन् ।
संक्रमित स्वास्थ्यकर्मीसमेत आइसोलेशनमा भएकोले उनीहरूबाटै सेवा दिईरहेको अस्पतालले जनाएको छ । यस्तै धादिङ आइसोेलेशनमा एक जनाको मृत्यु भएको छ । धादिङ अस्पतालबाट सञ्चालित कोभिड १९ अस्थायी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।
निलकण्ठ नगरपालिका वडा नम्बर २ का ७५ वर्षीय वृद्ध को मृत्यु भएको धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । एक साताअघि आइसोलेशनमा स्वासप्रस्वासमा समस्या आएपछि उनलाई भर्ना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने
बैशाख ३०, २०८१ आइतबार
महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम
बैशाख २९, २०८१ शनिबार
खाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार