संक्रमण बढ्दै जाँदा डाक्टरबिहीन बन्यो जैमिनी
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १७:५७:१२
२७ वैशाख,गलकोट । कोरोना संक्रमण बढ्दै जाँदा थप स्वास्थ्यकर्मी आवश्यक पर्ने समयमा बागलुङको जैमिनी डाक्टरबिहीन बनेको छ ।
एकमात्र डाक्टर रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको करार सम्झौता सकिएपछि जैमिनी डाक्टरबिहीन बनेको जैमिनी नगरपालिकाले जनाएको छ । कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा राजु भट्टराई क्षेत्रीको सम्झौता सकिएपछि प्राथमिक स्वास्थ्य चौकी डाक्टरबिहीन बनेको हो । कोरोना संक्रमणका लागि भएका स्वास्थ्यकर्मीसमेतको करार अवधि सकिएपछि समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।
डाक्टरको करार मिति थपेर पुनः क्षत्रीलाई नै ल्याउने अथवा नयाँ विज्ञापन खुलाउने विषयमा छलफल भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्दप्रसाद आचार्यले बताए ।
“अहिले १० श्ययाको अक्सिजनसहितको आइसोलेसन वार्ड बनाएका छौँ, १० दिनदेखि डाक्टरको करार सकिएपछि डाक्टरको अभाव छ”, आचार्यले भने, “अहिले कोरोना संक्रमित होमआइसोलेसनमा छन्, समस्या परे अक्सिजनसहितको वेड तयारी अवस्थामा छ, एउटा डाक्टर भए निकै सहज हुन्थ्यो, अहिले करार सकिएका डाक्टरलाई नै पुनःनियुक्ति दिनेगरी पहल थालेका छौँ ।”
तत्काल आइसोलेसन खाली भए पनि सामान्य संक्रमित राख्दा जटिल आएमा समस्या हुने भएकाले अक्सिजन तथा उपचार आवश्यक संक्रमितलाई मात्रै आइसोलेसनमा भर्ना गर्ने तयारीमा रहेको आचार्यको भनाइ छ । नगरपालिकाले हालै सञ्चालन गरेको कोभिड–१९ अस्थायी अस्पतालमा पनि कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले नै काम गर्ने भएकाले कोरोना अस्पताल पनि प्रभावकारी हुने देखिएको भए पनि डाक्टरको अभाव रहेको उनको भनाइ छ ।
सरकारको मापदण्डअनुसार कोरोना अस्पतालमा कम्तिमा एक डाक्टर, एक पारामेडिक्स्, एक स्टाफ नर्स र एक कार्यालय सहयोगीसहित चार स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
तनहुँमा चलचित्र निर्माण कार्यशाला
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
संसदको घटनाक्रमबारे छलफल गर्न बोलाइएको कांग्रेस संसदीय दलको बैठक स्थगित
बैशाख ३१, २०८१ सोमबार
त्रिभुवन विमानस्थबाट भन्सार चेक भैसकेपछि समातियो ५ केजी सुन
बैशाख ३१, २०८१ सोमबार
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
बैशाख ३१, २०८१ सोमबार
ललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
भारतमा चौथो चरणको मतदान आज, १७ करोड ७० लाख मतदाताहरूले भोट हाल्दै
बैशाख ३१, २०८१ सोमबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार