तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार ११:२५:५९
वि.सं.२०७८ साल बैशाख २८ गते मंगलबार । ईश्वी सन् २०२१ मे ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख कृष्ण पक्ष । तिथि–औशी,बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–भरुणी,बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त कृतिका । योग–सौभाग्य,बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त शोभन । करण–चतुष्पद,बिहान १० बजेर ५३ मिनेट उप्रान्त नाग ,बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त किंष्तुध्न । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेट । दिनमान ३३ घडी २७ पला । मातृसम्मान दिवस । मातातीर्थ औंशी ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन शुखि रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई हराउदै अगाडी बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशि हुनेछन् । सुन्दर तथा बिलाशी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- कर्म क्षेत्रमा आउने बिवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाईदाको लागी अली बढि मेहनेत गर्नुपर्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- आर्थिक अभावले रोकिएका कामहरु तिब्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । बैक तथा बित्तिय पेशासँग सम्बन्धीत कामहरुबाट आम्दानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग थप आत्मिय भाव बढ्नेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गित संगित तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्ने हरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईँको निम्न स्तरको सहभागिता रहनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- समयको ख्याल नगर्दा वा साना तिना काममा अल्भेर बस्दा महत्वपूर्ण कामहरु थाती रहनेछन् । बाटो हिड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धी हासिल नहुन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- अदालती निर्णयहरु तपाईँकै पक्षमा आउने तथा सत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउदै सकारात्मक उपलब्धी हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बीच मनमुटाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथिभाईबाट टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईँको पक्षमा नआउने तथा नया बिवादमा फस्ने योग रहेकोछ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागी फाईदा हुनेछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्याक्ति हरुसँग बिवाद बढ्ने योग रहेकोछ । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- बोल्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा ईष्टमित्रसँग मनमुटाब बढ्नेछ । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लाने तथा अनाबस्यक ठाउमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यावासायमा लागनी गरी आम्दानी गर्नको लागि केही समय कुर्नु नै बेस हुनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार