जसपा भित्र चर्कियो रडाको
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १८:२९:५१
२८ बैशाख, काठमाडौं । नयाँ सरकार बनाउने विपक्षी दलहरुको प्रयास तीब्र भएपछि जनता समाजवादी दलमा फेरि रमिता सुरु भएको छ ।
विश्वासको मत नपाएर हिजै पदमुक्त भएका प्रधानमन्त्री केपी ओलीको विकल्पमा नयाँ सरकार बनाउन विपक्षी दलहरु सक्रिय हुँदा जसपामा महन्थ र उपेन्द्र पक्षबीच जुहारी सुरु भएको छ ।
ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने सन्दर्भमा नै विभाजित पार्टी नेताहरु नयाँ सरकार बनाउने सन्दर्भमा समेत अलग धारमा देखिएका छन् । हिजोकै मतदानमा पनि महन्थ पक्ष तटस्थ रह्यो भने उपेन्द्र पक्षले विश्वासको विपक्षमा मतदान गरेको थियो ।
त्यसपछि उपेन्द्र पक्षले हिजै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनाउन हस्ताक्षर बुझाएको छ । यो घटनालाई लिएर जसपा भित्र रडाको मच्चिएको छ । नेता राजेन्द्र महतोले उपेन्द्र यादव एक्लैले चाहेर सरकारमा सहभागी बन्न नसक्ने तर्क गरेका छन् ।
महन्थ ठाकुर पहिलो अध्यक्ष भएकाले उनको हस्ताक्षर बिना राष्ट्रपतिले जसपाको आधिकारिक नभएको बुझ्नुपर्ने तर्क गरेका छन् । राष्ट्रपति समक्ष जसपाको नाममा जाने पत्रमा ठाकुरको हस्ताक्षर अनिवार्य हुने उनको बुझाई छ । सत्ता स्वार्थका लागि उपेन्द्र फेरि देउवासँग टाँस्सिएको भन्दै उनले मधेसको मुद्धा भन्दा पदका लागि गठबन्धन बनाउन लागेको ओरोप लगाएको छन् ।
तर उपेन्द्र पक्षका सांसद मोहमद इस्तेयाक राइले पार्टीले सके सर्वसम्मत नभए वहुमतबाटै गठबन्धन बनाउने निर्णय गर्ने बताए । मधेसको मुद्धाबारे आफूहरु बढी संवेदनशील रहेको भन्दै उनले ओली सरकारले रिहा गरेका १२० जनाको मुद्धा पूर्वाग्रही रहेको र सरकारले नै फिर्ता लिएको प्रष्ट पारे ।
महन्थ ठाकुर पक्षको तर्क गलत भएको उनको भनाई छ । ओली सरकारले मधेसका लागि भन्दा व्यक्तिको स्वार्थ पूरा गर्न मात्रै यस्तो मुद्धा उठाएको उनको आरोप छ । साँच्चै मधेशका लागि केही गर्ने भए रेशम चौधरीको रिहाई , लाल आयोगको सार्वजनिकीकरण र नागरिकता विधेयक अनि संविधान संशोधनका विषयमा किन केही भएन ? उनले प्रश्न गरे ।
मधेसका मामलामा हामी नै बढी संवेदनशील छौं भन्दै पूर्व मन्त्रीसमेत रहेका राइले व्यक्तिगत स्वार्थ पूर्ति गर्ने भाँडोका रुपमा ओलीसँगको सम्बन्ध प्रगाढ बनाउन खोजेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टचारमा मुद्धा दायर
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार