स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार २३:६:१५
२८ वैशाख,नुवाकोट । कोभिड–१९ का संक्रमितहरु बढ्दै गएपछि स्थानीय तहले पूर्व तयारीलाई ध्यान दिन थालेका छन् । हालसम्म यहाँका तीन स्थानीय तहले आइसोलेशन कक्ष तयार गरेका छन् । विदुर नगरपालिका, तादी र शिवपुरी गाँउपालिकाले आइसोलेशन कक्ष तयार गरेका हुन् । विदुरले बट्टारको खेलकुद कभर्ड हलमा ५० श्ययाको अक्सिजन सहितको आइसोलेशन बनाएको छ । सङ्क्रमितलाई मध्यनजर राख्दै आइसोलसेन तयार गरिएको नगर प्रमुख सन्जु पण्डितले जानकारी दिए ।
तादीका अध्यक्ष नारायणप्रसाद पाण्डेले खरानीटार अस्पतालमा अक्सिजन सहितको २० श्यया तयारी अवस्थामा राखिएको जानकारी दिए । पालिकाले कोरोनाको आशंका लागेमा अस्पतालमा स्वाँव सङ्कलन गरी परीक्षणको लागि पठाउने व्यवस्था समेत गरेको जनाएको छ । शिवपुरीले अक्सिजन सहितको २० श्यया आइसोलेशन तयार गरेको छ । गाउँपालिका अध्यक्ष रामकृष्ण थापाका अनुसार कोरोनाको दोस्रो लहर समुदायस्तरमै फैलिदै गएपछि अक्सिजन सहितको श्यया तयार गरेको बताए ।
जिल्लामा पछिल्ला दिनहरुका संक्रमणको दर बढ्दै गएको छ । आज जिल्लामा एकै दिन ६२ जना नयाँ संक्रमित थपिएका छन् । ८७ जनाको स्वाव परीक्षण गरिएका मध्ये ती सङ्ख्यामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाका दुई बिरामी निको भएका छन् भने एक जनाको ज्यान गएको छ । हाल जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ५७८ पुगेको छ । २०७७ फागुन ११ गतेबाट सक्रिय संक्रमित विहीन भएको जिल्लामा गत चैतको २३ गते नयाँ संक्रमित फेलाको थियो । यसपछि संक्रमणको दर बढ्दै गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार