देउवालाई भेट्न नेपाल बुढानीलकण्ठमा
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ बुधबार ३:५०:४३
२८ बैशाख, काठमाडाैं । नेकपा एमालेका नेता माधवकुमार नेपालले मंगलबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। नेता भीम रावलसहित देउवा निवास बुढानीलकण्ठमा पुगेका हुन् ।
नेता नेपालले करिब ४५ मिनेट गठबन्धनको बहुमत पुर्याउने विषयमा छलफल गरेको स्रोतले बताएकाे छ । स्थायी कमिटीको बैठक बसेर परिस्थिति हेरेर निर्णय गर्ने निष्कर्ष निकालेका नेता नेपाल बेलुका भीम रावललाई लिएर बूढानीलकण्ठ पुगेका हुन्। भेटमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी थिए। उनीहरुबीच साढे ८ बजेदेखि सवा ९ बजेसम्म छलफल भएको हो।
राष्ट्रपतिले दिएको समयभित्र वैकल्पिक सरकारको दावी पेस गर्न प्रयासरत कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबारको पदाधिकारी बैठकमा पनि एमालेको असन्तुष्ट पक्षले लिने निर्णयले सरकार निर्माणको भूमिका महत्त्वपूर्ण हुने बताएका थिए।
नेपाल समूहभित्र पनि नेताहरुले अहिले कसैको नेतृत्वको सरकार गठनमा भूमिका खेल्नुभन्दा पार्टी एकताका लागि नै दबाब दिनुपर्ने बताइरहेका बेला देउवालाई भेट्न नेपाल पुगेका हुन्।
प्रधानमन्त्रीले विश्वासको मत लिने दिन सोमबार नै सांसदहरुले राजीनामा दिने भनिए पनि अन्तमा आन्तरिक विवादकै कारण राजीनामाको निर्णयबाट पछि हटेर संसद् बैठकमा अनुपस्थित हुने निर्णय माधव झलनाथ पक्षले गरेको थियो। अहिले पनि के गर्ने भन्ने निष्कर्षमा यो समूह पुगिसकेको छैन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार