गण्डकीको सत्ता समीकरण नयाँ मोडमा
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार २३:२६:३८
२९ बैशाख, काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार बनाउने सपनामै सीमित हुने छाँटकाँट देखिएको छ । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी सार्वजनिक वक्तव्य दिएपछि सत्ता समीकरण नयाँ मोडमा पुगेको हो ।
नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेको केहीबेरमै राष्ट्रिय जनमोर्चाका ३ मध्ये २ सांसदले आफूहरु कुनै गठबन्धनमा नरहेको भनी विज्ञप्ति निकालेका छन् । सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै पनि गठबन्धनमा नरहेको र सरकार निर्माणका विषयमा तटस्थ रहेको उल्लेख गरेका छन् ।
केही समयअघिसम्म राष्ट्रिय जनमोर्चाका एक सांसद कृष्ण थापा सरकारमा जान अस्विकार गर्दै आएका थिए र उनलाई पार्टीबाट समेत कारबाही गरिएको थियो । तर, अहिले राजमोका खिमबिक्रम शाहीले आफूहरु कुनै पनि गठबन्धनमा नरहेको र सरकार निर्माणका विषयमा तटस्थ रहेको उल्लेख गरेका छन् । उनी यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविस्वास प्रस्तावको मतदानमा गायब भएका थिए ।
पछि पार्टीले भनेपछि नयाँ सरकार गठनमा इच्छा देखाए पनि अहिले आएर आफू तटस्थ बन्ने बताएका छन् । थापा र शाही दुबैले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनेर सार्वजनिक वक्तव्य निकालेका छन् ।
दुई सांसदले अन्तिम समयमा आएर धोका दिए पछि नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार दावी गरेको मुख्यमन्त्री पद खेर जाने निश्चित छ । बुधबार पोखरेलले दावी पेश गरेको केहीबेरमै राष्ट्रिय जनमोर्चाका ३ मध्ये २ सांसदले आफूहरु कुनै गठबन्धनमा नरहेको भनी विज्ञप्ति निकालेका छन् ।
पोखरेललको नेतृत्वमा नयाँ सरकार बन्न ३१ मत आवश्यक पर्दछ । दुई सांसदले साथ नदिएपछि अब २९ मतमात्र रहेको छ । हाल ६० सदस्यीय रहेको प्रदेश सभामा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ ‘सभामुखसहित’, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार